बेरोजगारी यूवालाई आत्मनिर्भर सिप सिकाउँदै बुलगारी
दैलेख । विश्वव्यापी कोभिड –१९ को संक्रमणबाट बच्न जागिर छोडेर गाउँमा आएका बेरोजगार युवालाई जीवन उपयोगी तालिम सिकाउन थालिएको छ ।
सिपको माध्यमबाट आत्मर्भिर बनाउने उद्देश्यले बेरोजगारलाई सिप सिकाउन थालिएको हो ।
सिप सिकाईबाट क्षमता विकास गराई गरिवी न्युनिकरणमा टेवा पुग्ने आयोजक संस्थाको भनाई छ ।
जीवन उपयोगी सिप तालिम भएकोले जीवनलाई जिउने आधारको रुपमा प्रयोग गरे भोको पेट रहदैन । भोको मेटाउन सिपमुलक तालिम नै जीवनको मेरुदण्डको काम गर्नै बुद्धिजिवीको भनाई छ । विहिवार देखी सञ्चालन प्रशिक्षक प्रशिक्षण तालिम ५ दिनसम्म चल्ने छ ।
गाउँ–गाउँमा गएर जीवन उपयोगी तथा वित्तिय सिपको विकास गर्नको लागि तालिमको आयोजना गरिएको तालिम प्रशिक्षक कृपाराम थापाले बताए । उनले भने,सिपमुलक तालिम तालिम मात्र हुने छैन । जीवनलाई जोगाउनको लागि भोको पेटको साहारा बन्ने छ । आत्मसम्मानलाई दरिलो बनाउनेमा मद्दत गर्नेछ । जिल्लाका २५ जना युवायुवती तालिममा सहभागी छन् ।
दैलेखमा सञ्चालित सेभ द चिल्ड्रेन युवा सशक्तिकरण बुलगारी परियोजना मार्फत तालिमको आयोजना गरिएको परियोजना अधिकृत टेकराज न्यौपानेले जानकारी दिए । प्रशिक्षक प्रशिक्षण तालिममा परियोजनाको कार्यक्षेत्र रहेको गुराँस गाउँपालिका र चामुण्डा विन्द्रासैनीनगर पालिका बाट सहभागी छन् ।
स्थानीय शिक्षक शिक्षिका, सहकारीका प्रतिनिधि, यूवाक्लवमा आवद्ध यूवायूवतीलाई छनौट गरि तालिममा सहभागी भएको एभरेष्ट क्लवका सदस्य कृष्ण केसीले जानकारी दिए ।