सुत्केरी महिलाको उद्दार

दैलेख ।चामुण्डा बिन्द्रासैनी नगरपालिका ८ कि ३४ बर्षिया गायत्री बुढा को हेलिकप्टरबाट उद्दार गरिएको छ। शाही मेडिकल हल साङ्गेताडा मा गर्भवती महिलाको उपचार हुन नसक्दा रास्ट्रपति महिला उद्दार कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिक्प्टर मार्फत प्रदेश अस्पताल लगिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।

बुढाका यस अघि दुई सन्तान छन । तेस्रो पटक आमा बन्दा बच्चा पेट्मा तेस्रो हुँदा अबस्था गम्भीर भएकोले प्रदेश अस्पताल सुर्खेत रेफर गरिएको मेडिकल हल संचालक तथा स्वास्थकर्मी अमर शाहीले जानकारी दिए ।
गर्भवती महिला उद्दारका लागि बिन्द्रासैनी नगरपालिका वडा ८का अध्यक्ष रत्न शाही र कर्णाली प्रदेश माननीय इन्द्रा शाहीले सहयोग गरिएको आफन्तले जनाएका छन ।
