स्नातकोत्तर पछि कृषिमा रमाउँदै विसी
दैलेख । डुंगेश्वर गाउँपालिका–२ लाँकुरी उम गाँउका सुनिलराज विसी कृषि पेशामा रमाउन थालेका छन् । पढे लेखेका व्याक्तिले कृषि पेशा गदैनन भन्ने गाउँले आवाजको खण्डन गर्दै उनी कृषि पेशातिर रमाउन थालेका हुन् ।
२०७३ साला त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्य भाषामा स्नाकोत्तर गरेका सक्रिय राजनिति छोडेर कृषि पेशामा लागेका हुन् । बुबाको अकस्मात मृत्यु पछि राजनितिमा होमिएका थिए । गएको बैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा पराजय भएपछि राजनितिलाई छोडेर कृषि पेशा अँगालेका थिए ।

२०७७ सालमा ‘खड्ग बिसी पशुपन्छी तथा कृषिफर्म दर्ता गरि विसी कृषि पेशामा लागेका थिए । त्रिभुवन विश्वविद्यालय संगै जोडिएको केन्द्रियवागवानी कीर्तिपुर अध्ययन केन्द्रमा फुर्सदमा समयमा नियमित आउजाउले कृषि पेशामा लाग्ने प्रेरणा मिलेको बताए । उनले भने,“मैले फुसर्दको समयमा कृषि वागवानी केन्द्रमा साथी सँगै आउजाउ गर्थे । त्यहाँ उत्पादन भएका नर्सरी र तरकारी खेतीको जानकारी लिने मौका मिल्यो । किर्तिपुरमा सामान्या ज्ञान लिएपछि गाउँमै गएर किसान बन्ने रहरले मैले कृषि पेशा समालेको हौं । ”

अलैची नर्सरीबाट व्यवसाय शुरु गरेका विसीले बर्षमा सात लाख सम्म आम्दानी गरेको बताए । विश्वव्यापी कोभिड १९ ले अन्यव्यापारी झै अलैचीको बजारमा माग घटन थालेपछि अलैची छोडी तरकारी संगै सुन्तला,कागती,ओखर,जुनार लगाएतको बिजु बेर्ना सहित कलमी विरुवाको नर्सरी शुरु गरे ।
कृषि अनुसन्धान केन्द्रको १ महिने तालिम र कृषिविकास कार्यालयमा कृषक प्रोत्साहन कार्यक्रम स्वीकृत भएपछि सिप र साधन दुवै पाएपछि उनलाई कृषि पेशा गर्न ठुलै मद्दत मिल्यो ।
विसीले ५ रोपनी क्षेत्रफलमा नर्सरी सञ्चालन गरेका छन् । नर्सरीमा ग्राफ्टिङ विरुवा ५ हजार,विजु विरुवा ५ हजार,टाईफिलेट गरेका ५ हजार र कागतीका विरुवा ५ हजार कृतिपुर ग्राफ्टिङ ५ हजार विरुवा, ओखरका १ हजार विरुवा बेच्नका लागि तयार छन । पहिलो बर्षमा विरुवा विक्रीबाट ७ लाख कमाएका विसीले चालु आर्थिक बर्षमा ८० हजार बेर्ना विक्रीबाट २१ लाख कमाउने लक्ष्य रहेको सु्नाए । शुरुमा १ लाख ५० हजार नर्सरी शुरु गरेका विसीको फर्म ५० लाखको बेर्नाहरु रहेका छन् । चालु आर्थिक बर्षमा टिमुर कफीको सहित मसलाको बालीको बेर्ना राख्ने तयारी गरेका छन् ।

उनलाई पढेलेखेका व्याक्तिले दुखी पेशामा किन लाग्यो होला भनेर कुरा नकाटेका पनि होइनन् । तर पढेलेखेकाले नै कृषि पेशालाई अँगालेपछि गाउँका अन्यव्याक्तिलाई अब केही गर्नुपर्छ भन्ने उत्प्रेरणा जागेको स्थानीयबासी बताउँछन् । संघ र प्रदेश स्थानीय सरकारले कृषि पेशामा लागेका व्याक्तिलाई सजिलै ऋण उपलब्ध गराई आयआर्जन गर्न लगाए गरिवी परिवारको जीविकोपार्जनमा सुधार आउने विसीको बुझाई छ ।
