Skip to main content
२०७८ जेठ ३१, सोमबार

बृहत वसन्त खेल उत्सव सम्पन्न ,उपाधी एपी एफलाई : फोटो फिचर

दैलेख । खेल खेलाडीका लागि र खेलाडी राष्ट्रका लागि भन्ने नारा सहित सञ्चालन गरिएको बृहत वसन्त खेल उत्सवको उपाधी एपी एफले हात पारेको छ ।


कौशल मल्टिपल एकेडमीले आयोजना गरेको बसन्त ऋतु खेल उत्सवमा भलिवल तर्फ शसस्त्र प्रहरी वलको टोली टोलीले प्रथम उपाधी हात पारेको हो ।

भगवतीमार्इ गाउपालिका दोस्रो स्थान हासिल गरेको छ । त्यस्तै नारायण नगरपालिका वडानं ७ बिगौरा गाँउको टोली तेस्रो स्थान ओगटेको छ । पुरस्कारमा क्रमश ५०,३० र १५ हजार नगद सहित कप,मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । तर आयोजक टोलीले सान्त्वनामा चित्त बुझाएको छ ।

तस्वीर : विशाल सुनार

त्यस्तै फुटसल तर्फ नारायण नगरपालिका वडानं ८ तर्ताङको टोली प्रथम स्थान हासिल गरेको थियो । त्रिभुवन माध्यामिक बिद्यालय दोस्रो भएको छ । जसमा क्रमश ३० र १५ हजार नगद सहित कप,मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

तस्वीर : विशाल सुनार

व्याटमिन्टन तर्फ सिनियर डवलमा नेत्र बुढा र शुशिल महताराको टोली प्रथम भएको छन भने दोस्रोमा कृष्ण सुनार र ललित चन्द भएको छन भने जुनियर तर्फ अभिनन्दन थापा र हर्क बहादुर शाही प्रथम साथै गणेश कोईराला र आरएन केसीको टोली दोस्रो स्थान हासिल गरेको छन् । चार दिन सम्म संचालन भएको खेलमा फुटसलमा वेस्ट किपरको उपाधी खगेन्द्र खत्री बने भने बेस्ट प्लेयर अफ द गेमको उपाधी आस्मिक थापाले हात पारेको छन् ।

तस्वीर : विशाल सुनार

कोरोना कहरको कारण अस्तव्यस्थ र शिथिल अर्थतन्त्रलार्इ चलाएमान गर्न र खेलाडिहरुलाई प्रोत्साहन गर्न कौशल मल्टिपल एकेडमीको आयोजनामा सञ्चालन गरिएको खेलकुद प्रतियोगित गत चैत्र ६ गतेबाट संचालन भएको थियो ।

तस्वीर : विशाल सुनार

खेल उत्सवमा फुटसलका १३,भलिवलको ११ र व्यटमिन्टनको सिनियर र जुनियर गरि ३० वटा समुह प्रतिसप्रर्धामा सहमागी रहेका थिए । उत्सवको समापन कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापा, नारायण नगरपालिकाका कार्यवाहक नगर प्रमुख तिर्थ नारायण श्रेष्ठ,खेलकुद विकास समिति कर्णाली प्रदेशको सदस्य हेमा खड्का लगाएत खेलाडिहरुको उपस्थिती रहेको थियो ।

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: