अवैध गिट्टी बालुवा उत्खनन् रोकिएन
दैलेख । दैलेखको खोलानालाबाट अबैध रुपमा गिट्टी बालुवा उत्खनन् कार्य भईरहेको छ । वातावरणिय प्रभाव मुल्यांकन प्रतिवेदन तयार नगरेर उत्खनन गर्दा अधिकाँश कर्णाली राजमार्ग र मध्यपहाडी राजमार्गका अधिकाँश पुल जीर्ण बन्दै गएका छन् ।
कर्णाली राजमार्गको तल्लोडुंगेश्वर, आठविस नगरपालिकाको सिस्ने बस्ती,टुनीवगर र रामघाट र मध्यपहाडी राजमार्गको लोहोरखोला,छामघाटखोला पादुकाखोला,चिनेखोला रामघाटखोला पुलको मुनिबाट अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्दा पुल जोखिममा परेका हुन् ।

स्थानीय सरकार,जिल्ला समन्वय समितिको मिलेमत्तोमा ती खोलामा अवैध रुपमा गिट्टी वालुवा उत्खनन प्रति सम्बन्धित निकायले चासो दिएका छैन । ती खोलामा बिचमा डोजर प्रयोग गर्ने,अवैध क्रसर उद्योग समेत सञ्चालनमा छन् । राजमार्ग रहेका पुल र सम्पदाको ५ सयमिटर वरिपरि उत्खननलाई नेपाल सरकारले रोक लगाएपनि त्यसको वेवास्ता गर्दै अवैध उत्खनन हुँदा सम्पदा र पुल जोखिममा परका हुन् । जथाभावी अवैध उत्खननले पादुका,छामघाट रामघाट र लोहोर खोलामा पाईन जलचर समेत देखिन छाडेका छन् ।

अवैध उत्खनन् बारे स्थानीय सरकार,जिल्ला समन्वय समिति,जिल्ला प्रहरी कार्यालय समेत बेखवर छन् । नदीको जथाभावी बालुवा उत्खननले आठविस नगरपालिकाको टुनिवगर बजार,सिस्ने गाउँ र रामाघाट खोला कर्णाली नदीले बहाव सँग बाटो बदल्ने देखिएको ती बस्ती उच्च जोखिममा छन् ।

अवैध बालुवा गिट्टी उत्खनन गर्ने कम्पनीले मध्यपहाडी राजमार्ग लागि क्रसर सञ्चालन गर्ने भने ती कम्पनीले कालिकोट,अछाम जुम्ला र जिल्ला बाहिर समेत गिट्टी बालुवा निर्यात गर्ने गरेका छन् ।आठविसको सिस्नेमा सञ्चालन गरिएको सिगेश्वर कम्पनीले चार बर्ष अघिदेखी क्रसर सञ्चालन गरेर उत्खनन गरिरहेको छ । मध्यपहाडी राजमार्गका लागि गिट्टी बालुवा भनेर कम्पनीले अवैध कारोबारो गरिरहेको स्थानीय बासी बताउँछन् ।
जिल्लामा स्थित जिल्ला प्रशासन कार्यालय,जिल्ला समन्वय समितिका पदाधिकारी र स्थानीय सरकारको मिलेमत्तोमा प्राकृति स्रोत साधनको दोहन भईरहेको स्थानीयबासी बताउँछन् ।, क्रसर उद्योग कसरी बन्द हुनु,प्रतिनिधि देखी प्रशासन सम्म क्रसर उद्योग सञ्चालनले पैसा तिर्न गरेको स्थानीयबासीको आरोप छ । अवैध क्रसर उद्योग,जिल्लाका सबै खोलाबाट गिट्टी बालुवा निकासी भईरहेको छ ।
अहिलेसम्म कसैलाई कारवाही भएको छैन । अन्य ठाउँमा मापदण्ड विपरित चलेका क्रसर उद्योग बन्द भएपनि दैलेखका मापदण्ड विपरित सञ्चालन भएका क्रसर उद्योग निर्धक्क साथ सञ्चालनमा छन् । सरोकारवाला निकाय मौन छ ।
