घर दैलोमै पुगेर बृद्धभत्ता र सुत्केरी आहार बाड्छिन , कान्छी उपाध्यक्ष : गिता शाही
सुर्खेत । जाजरकोट को शिवालय गाउँपालिकाकी उपाध्यक्ष गिता शाहीले जनताको घरदैलोमा पुगेर गर्भवती महिलाका लागि सुत्केरी पोषण आहार र बुद्धबृद्दाका लागि सामाजिक सुरक्षा भत्ता बितरण गर्दै आएकी छन ।
सरकारले दिदै आईरहेको सामाजिक सुरक्षा भत्ता बापतको रकम दुर्गम क्षेत्रका जनतालाई बैकँ मार्फत लिने प्रक्रिया झन्झटिलो र असुविधा भएपछी गाउँपालिकाले बैंकको समन्वयमा घरदैलोमै पुगेर बितरण गर्ने गरेको छ। गाउँपालिका भित्र रहेका ९ वटै वडामा रहेका बृद्धबृद्धा हरूलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दा सहज हुने र जनताको थप गुनासो , समस्या सुन्ने र देख्ने पाईने अपेक्षा सहित यो कार्यको सुरूवात गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दलबहादुर बाँठाले बताए।
यसअघि पनि गाउँपालिकाले उपाध्यक्ष संग गर्भवती महिला कार्यक्रम सञ्चालन गर्दै गर्भवती तथा सुत्केरी महिलाको घरमै पुगेर सुत्केरी पोषण आहारको वितरण गरेको थियो। निर्वाचनको बखतमा जनताको घरमा पुगेर जुन किसिमको प्रतिबद्धता व्यक्त गरिएको थियो सोही बमोजिमको योजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्ने प्रक्रियामा रहेको हुदाँ आफ्नो पाँच बर्षे कार्यकाललाई जनमैत्री बनाउने कोसिस गरिरहेको गाउँपालिकाकी उपाध्यक्ष गिता शाहीले बताएकी छन।
नेपालकै कान्छी गाउँपालिका उपाध्यक्ष को रूपमा चिनिएकी शाहीले निर्वाचनका बखत सामाजिक सुरक्षा भत्ता गाउँमै गएर वितरण गर्ने प्रतिबद्धता जनाएको र अहिले उक्त काम पूरा गरेकोमा स्थानीयले खुसि ब्यक्त गरेका छन । शिवालय गाउँपालिकाले बिगतका दिनमा पनि उपाध्यक्ष संग किशोरी कार्यक्रम , सुत्केरि महिला कार्यक्रम जस्ता नमुना कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि उपाध्यक्ष संग बिधार्थी कार्यक्रम , अध्यक्षसंग युवा कार्यक्रम जस्ता प्रभावकारी कार्यक्रम गर्दै अघि बढ्ने योजना रहेको गाउँपालिका उपाध्यक्ष शाहीले बताएकी छन ।