ठाटिकाँधमा नि:शुल्क आँखा सिबिर संचालन हुँदै
दैलेख । ठाटिकाँध गाउँपालिकामा पाँच दिने निशुल्क आँखा शिविर संचालन हुने भएको छ । सुर्खेत आँखा अस्पतालकाे प्राबिधिक सहयाेग, इन्फो ठाटिकाँधकाे समन्वयमा र ठाटिकाँध गाएपालिकाको आर्थिक सहयाेगमा पाँच दिने नि:शुल्क आँखा शिविर सञ्चालन हुने भएको हो ।
माघ २० गते वडा नम्बर १ काे श्री कृष्ण मा वि भैरबस्थान , वडा नम्बर २ काे आधारभुत स्वास्थ्य सेवा केन्द्र प्याडुली र वडा नम्बर- ६ काे अङालडाडा त्यस्तै माघ २१ गते आधारभुत स्वास्थ्य सेवा केन्द गैरागांउ वडा नम्बर ४ , वडा नम्वर ३ बिशााला स्वास्थ्य चौकीमा,वडा नम्बर ५ तोलीजैसी स्वास्थ्य चौकिमा र माघ २३,२४ र २५ गते मालिका माध्यमिक बिद्यालय –पांचलामा आँखा शिविर सञ्चालन र मोतिबिन्दु अप्रेशनका लागि छनोट भएकाहरुलाई निःशुल्क अप्रेशन गरिने ठाटिकाँध गाउँपालीकाका कार्यक्रम संयोजक भुपेन्द्र बहादुर शाहीले जानकारी दिए ।
मोतिविन्दु र जलविन्दुको समस्या देखिएका बिरामीको सुर्खेत आंखा अस्पतालले निःशुलक रुपमा शल्यक्रिया हुने बताइएको छ । शिविरमा निःशुल्क आँखा परीक्षण तथा निःशुल्क औषधि वितरणको व्यवस्था गरियकाे छ । गाउँपालिकामा बिभिन्न समस्यामा रहेका ब्यक्तिहरुकाे उपचार गर्न विभिन्न समस्या सम्बन्धि सिबिर संचालन गरि जनतालाई प्रत्यक्ष सेवा सुबिधा दिने गाउँपालिका अध्यक्ष रक्षबहादुर शाह ले बताए ।