राष्ट्रपति रनिङ शिल्ड सम्पन्न
दैलेख । ठाटिकाँध गाउँपालिकामा माघ २५ गते देखि २७ गते सम्म संचालन भएको राष्ट्रपति रनिङ शिल्ड आज श्री मालिका मा.बि पाचलाले ९ सोर्ण सहित प्रथम स्थान लिएर शिल्ड हात पार्न सफल भएको छ , सहभागि विद्यालय मध्य दोश्रोमा श्री भवानि मा.बि बाहाकोट , तेश्रो श्री कृष्ण मा.बि ठाटिकाँध , चौथो श्री मालिका मा.बि ठिमुरे , पाचौं श्री दशरथ मा.बि प्याडुलि, छैटौं श्री देउति मा.बि गैरागाउँ भएको छ ।
भलिबल छात्र तथा छात्रा तर्फ र एथलेटिक्स तर्फ भवानि मा. बि बाहाकोट प्रथम भएको छ भने कबड्डी छात्र तर्फ श्री कृष्ण मा.बि र छात्रा तर्फ मालिका मा.बि पाचँला प्रथम भएको हो ।

उत्कृष्ट भलिबल छात्र तर्फ कृष्ण मा.बि. का लक्ष्मि रावतले बिजेता हात पारे । भने छात्रा तर्फ भवानि मा.बि बाहाकोट कि शर्मिला शाहीले बिजेता हात पारेकी
छन ।

समापन समारोहका कार्यक्रमका प्रमुख अतिथि तथा पालिका अध्यक्ष रक्ष बहादुर शाहले खेलाडिहरुलाई बधाई तथा आगामि दिनहरुमा सफलताको शुभकमना ब्यक्त गरेका छन छोटो समयमा खेल खेलाउनुपर्ने भएकोले केही कमि कमजोरी भएमा त्यस्ता कमि कमजोरीलाई सुधारनका लागी आगामि दिनहरुमा हुने खेलहरु समयमै खेल तालिका सार्बजनिक गरी बृहत व्यबस्थापनका साथ गर्ने प्रमुख अतिथि शाहले बताएका छन ।


सभाअध्यक्ष तथा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नेत्र बहादुर थापाले यो वर्षको आयोजि खेल हतार हतारमा खेलाउनुपर्ने भएकोले केही कमि कमजोरी भएमा सुधार्नको लागी दिएका सल्लाहा सुझाबहरु अगिंकार गर्दै अगाडी बढ्ने कुरामा बिश्वास दिलाउने बताएका छन ।

भने समापन कार्यक्रम ठाटिकाँध गाउँपालिकाका कार्यक्रम संयोजक भुपेन्द्र बहादुर शाहीले सन्चालन गरेका थिए ।
