दैलेखमा नसर्ने १० वटा रोगको निशुल्क उपचार गरिने
दैलेख । नेपालका सबै बालबालिका उत्कृष्ट स्वास्थ्य सेवाका हकदार हुन् । धनी वा गरिव जो जहाँसुकै बसोबास भएपनि स्वास्थ्य रहनु,पोषणयुक्त खाना खानपाउनु,स्याहारसुसार पाउनु जन्मसिद्ध अधिकार पनि हो । बालबालिका र किशोर किशोरी सबै स्वस्थ्य हुन्छन भन्न सकिदैन । केही बालबालिका किशोर किशोरीमा बंशानुगत गुण र खानपानका कारण नसर्ने रोगको सिकार बन्नु परेको छ । ग्रामिण भेगका आर्थिक अभावकाले रोग पालेर बस्नुपर्ने बाध्यता पनि उस्तै छ ।
दैलेखमा ० देखी १८ बर्ष सम्मका १ लाख ९ हजार ८८४ बालबालिका र किशोर किशोरीको संख्या छ । एक सय जना मध्ये ८ जनामा नसर्ने रोग भेटिने गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।
तर स्वास्थ्य सेवा कार्यालय दैलेखमा मा भने चालु आर्थिक बर्षदेखी १० वटा नसर्ने रोगका विरामीलाई निशुल्क उपचार हुने भएको छ । काठमाण्डौं इन्स्च्यिुट अफ चाईल्ड हेल्थले मधुमेह,मुटु,रगत,मानसिक समस्या ,श्वास प्रश्वास, किशोर किशोरीमा हुने बंशानुगत रोग,स्तन क्यान्सर,पाठेयघरको मुखमा हुने क्यान्सर मानसिक र शारिरिक विकासको समस्या रहेका बालबालिका र किशोर किशोरलाई निःशुल्क गरिने स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख डा.धर्मराज रेग्मीले बताए ।
गत आर्थिक बर्ष बर्दिया र झापामा यो कार्यक्रम चालु आर्थिक बर्षमा गण्डकी प्रदेशको गुल्मी,सुदुरपश्चिम प्रदेशको बझाङ,मधेश प्रदेशको सिराहा र कर्णाली प्रदेशको दैलेखमा कार्यक्रम सञ्चालन पेन प्लसका दैलेख कार्यक्रम अधिकृत श्रद्धा पराजुलीले जानकारी दिईन ।
पाईलट प्रोजेक्टका रुपमा दैलेखमा सञ्चालन यो कार्यक्रमले मधुमेह,मुटु,रगत,मानसिक समस्या ,श्वास प्रश्वास, किशोर किशोरीमा हुने बंशानुगत रोग,स्तन क्यान्सर,पाठेयघरको मुखमा हुने क्यान्सर मानसिक र शारिरिक विकासको समस्या रहेका बालबालिकालाई लाभान्वित हुनेमा विश्वास गरिएको छ ।
