दुई सय भन्दा बढीको निशुल्क मोतिबिन्दु शल्यक्रिया
दैलेख । दैलेखको डुङ्गेश्वर गाउँपालिकामा सञ्चालन गरिएको निशुल्क मोतिविन्दु शल्यक्रियामा २०० सय भन्दा बढी आँखाका विरामीले सेवा लिएका छन् । तीन दिनसम्म सञ्चालन गरिएको निशुल्क मोतिविन्दु शिविरमा आँखा रोगका विरामीले सेवा लिएका हुन् ।मोतिविन्दु भई आर्थिक अवस्थाले उपचार गर्न नसकेका विरामीलाई शिविर विपन्न परिवारलाई खुशी छाएको छ । आँखाको समस्या झेल्दै आएकी डुंगेश्वर गाँउपालिका वडा–२ उम गाउँकी कौशिला बुढा घरआगनमै आँखा जचाउन पाउदा राहत पाएको बताईन ।
उनले भनिन,हामी गरिबलाई शहरमा गएर आँखा जचाउन सक्दैन थियौं । घर आँगनमा शिविर आएपनि संसार देख्ने सपना पुरा भएका छन् । शिविरले गरिव र विपन्न परिवारका लागि भगवान भईदिएको छ ।

बुढा मात्र होइनन् दैलेखको भगवतीमाई गाउपालिका–४ खगेना निवासी गगनबहादुर भने आँखाको उपचारको लागि नेपालगञ्ज फुलटेक्रा जाने भनेर पैसा ऋण काढेर बसेको थिए । घरछेउमै शिविर आएकोले ऋणबाट पनि जोगियो,उपचार पनि भयो,खुशी व्यक्त गर्दै गगनबहादुरले भने ।
डुगेश्वर गाउपालिका र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा,डुगेश्वर गाउपालिका रेडक्रस शाखा तथा सुर्खेत आँखा अस्पतालको संंयुक्त आयोजनामा डुंगेश्वर गाउपालिका वडा६ डुंगेश्वर देविस्थान बिद्यालय परिशरमा ३ दिने मोतिबिन्दु शल्यक्रिया शिविरको आयोजना गरिएको छ । शिविरमा दुल्लु नगरपालिका,भगवतिमाइृ गाँउपालिका,गुँरास गाँउपालिका,भैरवी गाँउपालिका,नारायण नगरपालिका लगाएतका नागरिकहरुले सेवा लिएका छन् ।
शिविर सञ्चालन आवश्यक भएपनि आवश्यक बजेटको अभावमा थप शिविरहरु संचालन गर्न मुख्यतः आर्थिक समस्या रहेको नेपाल रेडक्रस सोसाईटिका केन्द्रिय सदस्य एवं जिल्ला सभापती खेमराज केसीले बताए ।
चैत्र २८ गते देखि ३० गते सम्म संचालन हुने शिविरमा शिविरमा आँखाको मोतिबिन्दु शल्यक्रिया गर्ने,लेन्स जाँच गर्ने,परामर्श सेवा, लगाएतको सेवा प्रदान गरिएको छ ।
आर्थिक व्यवस्थापन सहित बिभिन्न किसिमको समस्या भएपनि गाउपालिकाको सहायतामा शिविर संचालन गरेको डुंगेश्वर गाँउपालिकाको सहायतामा शिविर गर्न प्रोत्साहन गरेका
रेडक्रस उपशाखा डुंगेश्वरका सभापती हिमराज केसीले बताए ।

तीन दिन सम्म चल्ने शिविरमा करिव २ सय जनाको मोतिविन्दु शल्यक्रिया गर्ने लक्ष्य रहेको भएपनि बिरामीहरुको उपस्थितीलाइृ हेर्दा ३ सयको हाराहारीमा पुग्ने आयोजकले जनाएको छ ।दैलेख । दैलेखको डुङ्गेश्वर गाउँपालिकामा सञ्चालन गरिएको निशुल्क मोतिविन्दु शल्यक्रियामा २०० सय भन्दा बढी आँखाका विरामीले सेवा लिएका छन् । तीन दिनसम्म सञ्चालन गरिएको निशुल्क मोतिविन्दु शिविरमा आँखा रोगका विरामीले सेवा लिएका हुन् ।दैलेख । दैलेखको डुङ्गेश्वर गाउँपालिकामा सञ्चालन गरिएको निशुल्क मोतिविन्दु शल्यक्रियामा २०० सय भन्दा बढी आँखाका विरामीले सेवा लिएका छन् । तीन दिनसम्म सञ्चालन गरिएको निशुल्क मोतिविन्दु शिविरमा आँखा रोगका विरामीले सेवा लिएका हुन् ।
