Skip to main content
२०७८ श्रावन २१, बिहिबार

नगरपालिकाका ११ वटै वडामा जलवायु कार्ययोजना बनाईने

दैलेख । जिल्लाको नारायण नगरपालिकाका ११ वटै वडामा जलबायू अनुकूलन कार्ययोजना बनाइने भएको छ । काठमाण्डौंको युथ एलायन्स फर इन्भारोमेण्ट संस्थाले कार्ययोजना बनाउन लागेको हो ।
आईतबार जिल्ला सदरमुकाम भएको कार्यक्रममा कार्ययोजना तयारी बैठकले कार्यसूची तयारी गरेको संस्थाका फोकलपर्सन खुश्बु पौडेलले जानकारी दिइन ।
तयारी बैठकले भोलि चैत ३० गते वडा नंं. १, चैत ३१ गते वडा नं. ४, त्यसैगरी वैशाख २ गते वडा नं. ७, वैशाख ३ गते वडा नं. ९, वैशाख ४ गते वडा नं. ८, वैशाख ५ गते एकै दिनै वडा नं. ३ र ६ मा, वैशाख ६ गते वडा नं. ११, वैशाख ९ गते वडा नं. १०, वैशाख १० गते वडा नं. ५ र वैशाख ११ गते वडा नं. २ मा स्थलगत रुपमा जलबायू परिवर्तनको असर भोगिरहेका बस्तीमा पुगेर योजना बनाउने कार्यसूची तयारी गरिएको छ ।
युथ एलायन्स फर इन्भारोमेण्ट संस्थाका श्रोत व्यक्ति सम्झना वाग्लेले स्थानीय जलबायू अनुकूलन कार्ययोजनाको आवश्यकता, यस सम्वन्धी सरकारको नीति नियम, जलबायू परिवर्तनको असर रोकथामका उपाय र अनुकूलन रणनीति विषयमा प्रस्तुति गरिएको थियो । दैलेख जिल्ला जलवायु परिवर्तनको उच्च जोखिममा पर्ने जिल्ला हो ।

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: