वडाबाटै योजना सम्झौता गर्दै ठाटिकाँध गाउँपालिका
दैलेख ,४ फागुन । दैलेखको ठाटिकाँध गाउँपालिकाले सेवा प्रबाह शिबिर कार्यक्रम सञ्चालन गरेर वडाबाटै योजना सम्झौता गर्न सुरु गरेको छ । आ. ब.२०७९∕८० को स्वीकृत बार्षिक बजेट तथा कार्यक्रम अनुसार गाउँपालिका तथा वडाले छनोट गरेका उपभोक्ता समिति मार्फत गरिने योजनाहरु वडामै सम्झौता गर्न सुरु गरेको हो । वडामै योजना सम्झौता हुने भए पछि आफुहरुलाई सहज भएको भन्दै नागरिक खुसी भएका छन् ।ठाटीकाँघ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेम बहादुर खत्रीका अनुसार सेवा प्रबाह शिबिर कार्यक्रममा सम्पुर्ण योजनाहरुको सम्झौता र उपभोक्ता समितिहरुको बैक खाता खोल्ने कार्यक्रम राखिएको छ ।

खत्रीले आबश्यक सबै कागजात सहित मुख्य पदाधिकारीहरुलाई सेवा प्रबाह शिबिरमा अनिवार्य उपस्थित भएर सेवा लिन अनुरोध गरेका छन। सेवा प्रबाह शिबिरमा प्रमुख प्रशासकीय अधिकृत,योजना शाखाका कर्मचारी, इञ्जिनियर,बैंकका कर्मचारी वडामा पुग्ने छन् भने सम्बन्धित वडाध्यक्ष,सचिवले सेवा दिने तथा योजना शाखा प्रमुख उमेश बहादुर शाहीले जानकारी दिए। सेवा प्रबाह शिबिर कार्यक्रम सञ्चालन भए संगै योजना सम्झौता गर्न उपभोक्ता समिति गाउँपालिका केन्द्र धाउनुपर्ने बाध्यता हटेको गाउँपालिकाका कार्यक्रम संयाोजक भुपेन्द्र बहादुर शाहीले बताएका छन । योजना सम्झौताका लागि उपभोक्तालाई गाउँपालिका केन्द्र पुग्नु पर्ने बाध्यताको अन्त्य गर्न सेवा प्रबाह शिबिर कार्यक्रम सञ्चालन गरिएको शाहीको भनाई छ ।
