दुर्गममा रनिङ्ग शिल्डको रौनक
सुर्खेत । दैलेखको निर्वाचन क्षेत्र २ मा ३० बर्षपछि जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन भएको छ । स्वास्थ्यको लागि खेलकुद राष्ट्रिको लागि खेलकुद भन्ने मुल नाराका साथ विहिवार देखी दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका स्थित विन्द्रासैनी माविमा खेल प्रतियोगिता सञ्चालन भएको हो ।





सधै सदरमुकाममा मात्र केन्द्रित हुने खेल संघियतापछि दुर्गम पालिकामा पहिलो पटक सञ्चालन गरिएको हो । रनिङ्ग शिल्ड लिनका लागि ९ वटा पालिकाका १८ बर्ष मुनिका करिव ७ सय जना खेलाडी सहभागी छन् । प्रशिक्षक र खेल शिक्षक गरि झण्डै १ हजार खेलाडीको सहभागी रहेको जिल्ला खेलकुद विकास समिति दैलेखले जनाएको छ ।


फागुन ४ गते विहिवार कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गरिएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता फागुन ७ गतेसम्म चल्ने छ । प्रतियोगितामा भलिबल, कपर्दी , एथ्लेटिक १ सय, २ सय, ४ सय, ८ सय, १ हजार ५०० र ३ हजार मीटर दौड, रिले दौड, हाइजम्प, लङ्गजम्प, त्रिपल जम्पक, सर्टफूट, ज्याब्लिङ्ग थ्रो खेलहरु खेलाइने जिल्ला खेलकूद विकास समितिका सचिव भूपेन्द्र शाहीले बताउनुभयो ।

३ दिन सम्म चल्ने प्रतियोगिता जिल्ला खेलकुद विकास समिति दैलेखको आयोजना तथा चामुण्डावीन्द्रासैनी नगरपालिकाको सह–आयोजनामा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन गरिएको हो । ११ वटा पालिका रहेको जिल्लामा ९ वटा पालिकाले प्रतियोगितामा भाग लिएका थिए भने दुल्लू नगरपालिका र महावु गाउँपालिका प्रतियोगिता भाग लिएनन् ।

