हिमाल याातायात ब्यबसायि संघमा पुन: शर्मा निर्बिराेध निर्बाचित
सुर्खेत । सुर्खेत स्थित हिमाल यातायात ब्यवसायी संघको तेश्रो बार्षिक साधारण सभा तथा दोश्रो अधिबेशन सम्पन्न भएकाे छ । अध्यक्षमा खगेन्द्रप्रसाद शर्माको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन गरिएको छ ।


बौद्व यातायात ब्यबसायी संघ र हिमाल यातायात ब्यबसायी संघको एकीकरण सहित संयुक्त यातायात संचालन भएपछिको अधिबेशनले शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
समितिका अन्य पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्ष जयबहादुर थापा, उपाध्यक्ष कर्णबहादुर शाही , महासचिब रमेश बराल, सचिब कृष्णप्रसाद जैसी रेग्मी र कोषाध्यक्ष जगतबहादुर विष्ट चयन भएका छन । यस्तै सदस्यहरुमा तिलकप्रसाद रेग्मी, शर्मिला शर्मा, जीवनकुमार शाही, सरिजुन बुढा, रामकृष्ण थापा, पुतलीकुमारी रावत र अम्बवहादुर खड्का निर्विरोध चयन भएका छन ।



कार्यक्रममा शाखा कार्यालय सुर्खेतका सदस्य भूपेन्द्र बहादुर शाही र बौद्व यातायात ब्यबसायी संघका अध्यक्ष एबम् हिमाल यातायात ब्यबसायी संघका सदस्य कमल गुरुङ लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाकार तथा सभाका प्रमुख अतिथि बासुदेब शर्माले यो संस्था स्थापना साना दुःखले भएको होइन भन्दै सवै ब्यबसायीको हक हितमा काम गर्न नयाँ निर्बाचित कार्यसमितिलाई सुझाव दिदैं शुभकामना व्यक्त गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष खगेन्द्रप्रसाद शर्माले सवै गाडी सदस्यहरुको हक हितका लागि अहोरात्र क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

