कृषि विकास बैङ्कको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
सुर्खेत । कृषि क्षेत्र विकास कार्यक्रमको मूल्य श्रृङ्खलामा आवद्व कृषकहरुलाई लक्षित गरी Global Money Week अन्तर्गत नेपाल राष्ट्र बैङ्कको नीति अनुसार कृषि विकास बैङ्क लिमिटेड कर्णाली प्रदेश कार्यालय सुर्खेतले वित्तीय साक्षरता/ वित्तिय अनुशासन उद्यमशीलता तथा डिजिटल प्रोडक्ट सम्बन्धती अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम कृषि विकास बैङ्क कर्णाली प्रदेश कार्यालय निर्देशक खुर्सेद अहमदको अध्यक्षता तथा कृषि विकास बैङ्क लिमिटेडका उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेको प्रमुख आतित्थतामा संचालन गरिएको थियो । साक्षरता कार्यक्रममा कृषि क्षेत्र विकास कार्यक्रमको मूल्य शृङ्खलामा आवद्ध सुर्खेत दैलेख जिल्लामा करिब ६० जना महिला सदस्यहरु तथा सहजकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सुर्खेत र दैलेख जिल्लका विभिन्न स्थानीय तह गरी कृषि क्षेत्र विकास कार्यक्रमको मूल्य श्रृङ्खलामा आवद्व ३० जना कृषकहरुको सहभागीता रहको थियो । कार्यक्रम नयाँ रहेको र यसले बैङ्किक क्षेत्रसंग सम्बन्धित विविध विषयमा ज्ञान भएको सहभागीले बताए । यो भन्दा पहिले कहिल्यै पनि यस्तो कार्यक्रममा सहभागी भएका थिएन । हामीलाई नयाँ अवसर पनि भयो। वित्तिय क्षेत्रका साना साना कुराहरु सिक्ने अवसर भयो दैलेख जिल्ला आठविस नगरपालिकाबाट सहभागी अस्मता मल्लले बताईन ।
यसका साथै कार्यक्रममा वित्तिय शिक्षा तथा व्यावसायिक साक्षरता सम्बन्धि कक्षाको सहजीकरण कृषि क्षेत्र विकास कार्यक्रमका कृषि अधिकृत श्री डिल्लीरमण गिरी, ग्रामीण वित्त विज्ञ तर्कराज जोशी र संस्थागत विज्ञ मदन कार्कीले गर्नुभएको थियो ।कार्यक्रममा कृषि विकास बैंकका उप-महाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेले वित्तीय साक्षरता विविध विषयमा प्रष्ट पार्नु भएको थियो ।
बैंक तथा वित्तीय संस्थाहरुले ग्रामीण भेगमा वित्तीय साक्षरताका कार्यक्रम संचालन गरी ग्रामीण भेगमा बसोबास गर्ने जनताहरुलाई वित्तीय साक्षरता मार्फत बैंक तथा वित्तीय संस्थामा जोड्नु पर्ने कुरा बताउनुभयो । कृषि विकास बैंकले आफ्नो वार्षिक कार्य योजनामा मै यस्ता कार्यक्रमहरु समावेश गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा पनि संचालन गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको थियो ।
ग्रामीण भेगमा बसोबास गर्ने ग्राहकहरुलाई नेपाल सरकारको नीति अनुसारका सहुलियतपूर्ण कर्जा तथा महिला उद्यमी कर्जा परियोजनाका आधारमा पनि प्रदान गरिने कुरा जानकारी यसैगरी नेपाल राष्ट्र बैंक कर्णाली प्रदेशका निमित्त कार्यालय प्रमुखले बैंक तथा वित्तीय संस्था मार्फत वित्तीय साक्षरताका विभिन्न कर्यक्रमहरु प्याकेजकै रुपमा ग्रामीण भेगमा पुग्नु पर्ने र ग्रामीण भेगका आम नागरिकहरुलाई साक्षरता कार्यक्रम मार्फत नै बैंकिङ्ग सचेतना प्रदान गर्नुपर्ने र यस कार्यक्रममा राष्ट्र बैंकले नीतिगत व्यवस्था गर्नुपर्ने पनि बताउनुभयो ।
कार्यक्रममा कृषि विकास बैंक कर्णाली प्रदेशका निर्देशक खुर्सेद अहमदले समग्र कर्णाली प्रदेशको कृषि क्षेत्रको विकासको लागि कृषि विकास बैंक सधैं अग्र स्थानमा रहेर काम गरिरहेको र आगामी दिनमा पनि गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यसका साथै सहभागीहरुलाई वित्तीय शिक्षा तथा व्यावसायिक साक्षरता सम्बन्धि कक्षाको सहजीकरण कृषि क्षेत्र विकास कार्यक्रमका ग्रामीण वित्त विज्ञ तर्कराज जोशीले गर्नु भएको थियो भने कृषि अधिकृत श्री डिल्लीरमण गिरी, संस्थागत विज्ञ मदन कार्की तथा ग्रामीण वित्त अधिकृत यामलाल खत्रीको उपस्थिती थियो । कार्यक्रम नयाँ रहेको र यसले बैङ्किक क्षेत्रसंग सम्बन्धित विविध विषयमा ज्ञान भएको सहभागीले बताए । यो भन्दा पहिले कहिल्यै पनि यस्तो कार्यक्रममा सहभागी भएका थिएनौ ।
यो हाम्रो लागि नयाँ अवसर हो । यसले वित्तिय क्षेत्रका साना साना कुराहरु सिक्ने अवसर भयो दैलेख जिल्ला आठविस नगरपालिकाबाट सहभागी अस्मिता मल्लले बताईन । Global Money Week Global Money Week को लक्ष्य साक्षरता कार्यक्रम मार्फत विशेष गरी युवाहरुलाई विशेषगरी सानै उमेरदेखि आर्थिक रुपमा सचेत छन् र उनीहरुले वित्तिय कल्याण र वित्तिय लचिलोपन सम्बन्धि आवश्यक ज्ञान, सीप, मनोवृति र व्यवहारहरु विस्तारै प्राप्त गर्दैछन् भन्ने कुरा सुनिश्चित गर्ने महत्वमा वार्षिक विश्वव्यापी जागरुकता अभियान संचालन गर्नु हो । Global Money Week को यो वर्षको नारा “Plan money, Plant future.” रहेको छ ।
