कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र बहादुर शाहीले लिए शपथ
सुर्खेत । नव नियुक्त कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र बहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शपथ गराएका हुन्।
चैत ८ गते बुधबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले शाहीलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।
शाहीले गत मंसिमा भएको आम निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट दैलेख निर्वाचन क्षेत्र नं. २ (ख)बाट चुनाव लडेका थिए।
शाही २०७६–०७८ मा कर्णाली प्रदेश योजना आयोगका सदस्य समेत हुन्। माओवादी प्रवेश गर्नुअघि उनी नेकपा एमालेको अर्थ तथा योजना विभागको सचिव भएर काम गरेका थिए।