आठबीस नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत शाही विभूषित
सुर्खेत । नेपाल सरकारले प्रदान गर्ने विभूषण (मानपदवी, अलंकार र पदक) मध्ये प्रबल जनसेवा श्री पदकबाट आठबीस नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर शाही विभूषित भएका छन् ।
नगरपालिकाको सेवा प्रवाह र सामाजिक क्षेत्रको विकासमा खेलेको उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै सम्मानस्वरुप शाहीलाई विभूषित गरिएको हो ।
सरकारले २०७९ असोज ३ गते संविधान दिवसको अवसरमा घोषित विभूषणहरुमध्ये मानपदवी (नेपाल रत्न, राष्ट्र गौरव, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रवल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री कीर्तिमय राष्ट्रदीप,
राष्ट्रदीप, प्रवल जनसेवाश्री र जनसेवाश्री) प्राप्त गर्ने महानुभावहरुलाई २०८० वैशाख १ गते बिहान ११ः०० बजेदेखि राष्ट्रपति कार्यालय महाराजगञ्जमा विभूषित गरेको हो ।
समारोहमा ३ नं. पोशाक सहित उपस्थित भएकाहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलद्धारा विभूषित गरिएको थियो ।