चितवन क्षेत्र नम्बर २ को मतगणना सोमबार दिउँसो १ बजेबाट सुरू हुने भएको छ।
आइतबार भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन सकेपछि मतगणना हुन सकेको थिएन। सोमबार बिहान सर्वदलीय बैठक बसेको थियो।
उक्त बैठकपछि दिउँसो १ बजेबाट मतगणना गर्ने निर्णय गरेको जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले बताए।