संघिय सांसद शाहीको निर्वाचन खर्च विवरण सार्वजनिक

सुर्खेत । दैलेख निर्वाचन क्षेत्र नम्बर २ का संघिय सांसद दिक्पाल कुमार शाहीले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा ८० को उपदफा २ र ३ बमोजिम मंसिर ४ गते सम्पन्र प्रतिनिधिसभा विजय भएका संघिय साँसद शाहीले निर्वाचनमा भएको खर्चको विवरण खर्च गरेका हुन् ।
निर्वाचनमा कुल १७ लाख ९ हजार २ सय ६० रुपैयाँ खर्च भएको शाहीले जानकारी दिए । जसनुसार १५ हजार नमुना पतपत्र छपाईका लागि २५ हजार ४ सय ५० रुपैँया, पर्चा पम्प्लेट छपाईको लागि ५३ हजार ९ सय रुपैयाँ खर्च भएको छ ।
झण्डा,चुनाव चिन्ह पार्टी गठबन्धनको २८ हजार ५सय, प्रतिबद्धता पत्र ३२०० पीस ३० हजार,नावावली प्रिन्ट फोटोकपी ४० हजार ७ सय ५० रुपैँया ,साउण्ड बक्स खरिद र भाडा ४६ हजार ५० रुपैँया प्रचारप्रसार र प्रत्यक्ष प्रशाह्रण १लाख ,
ईन्धन (पेट्रोल डिजेल) मा ३ लाख ३८ हजार ९ सय, खाना नास्ता ३ लाख ५९ हजार ७ सय १० रुपैयाँ खर्च भएको सांसद शाहीले जनाए ।
साथै, उम्मेदवार प्रचार प्रसार गाडी भाडा दुई लाख ४६ हजार, प्रचारप्रसारमा ४ लाख ४० हजार रुपैयाँ खर्च भएको जनाइएको छ ।
संघिय सांसद शाही नेपाली कांग्रेसबाट विजयी भएका हुन् । उनले २०हजार १सय ८३ मत प्राप्त गरी विजय भएका हुन् ।