प्रदेश सांसद वि.सीको निर्वाचन खर्च विवरण सार्वजनिक
सुर्खेत । कर्णाली प्रदेश सभा सांसद कृष्ण कुमार वि.सीले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा ८० को उपदफा २ र ३ बमोजिम खर्च विवरण सार्वजनिक गरेका हुन् ।
दैलेख निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं.१ (ख) बाट निर्वाचित सांसद वि.सीको कुल निर्वाचन खर्च १२ लाख १९ हजार २ सय २५ रुपैयाँ रहेको छ ।
विवरण अनुसार ९२ थान मतदाता नामावली खरिदको लागि १८ हजार ४ सय रुपैँया खर्च भएको छ ।
सावारी साधन एवम दुवानीको ७ लाख ८० हजार रुपैयाँ,प्रचारप्रसार साम्राग्रीको ६९ हजार ५ सय रुपैयाँ मात्र,गोष्ठी अन्तरक्रिया हल भाडा १ लाख ४४हजार ८ सय २० रुपैयाँ खर्च गरिएको छ ।
अन्य प्रचार प्रसार २९ हजार ४ सय ,छापा एवम विधितिय माध्थ्म रेडियो,टि.भी,कार्यालय सैज्यालन एवम ५३ हजार ५ सय रुपैयाँ मात्र । साथै, उम्मेदवारले प्रत्तिनिधि परिचालन खर्च १ लाख २३ हजार ९ सय ५ रुपैयाँ खर्च भएको जनाइएको छ ।
सांसद वि.सी नेपाली कांग्रेसबाट विजयी भएका हुन् । उनले १० हजार ५सय ४५ मत प्राप्त गरी विजय भएका हुन् ।

