ठाटिकाँधमा प्रथम अध्यक्ष कप उद्घाटन
सुर्खेत । ठाटिकाँध गाउँपालिकामा गाउँपालिका अध्यक्ष भलिभल कप प्रतियाेगिता उद्घाटन भएकाे छ ।

प्रतियाेगिता ठाटिकाँध गाउँपालिका वडा नं ३ काे भवानि मा.बि काे प्राङगणमा वडा नं. ३ का वडा अध्यक्ष भरत बहादुर बम काे अध्यक्षतामा तथा ठाटिकाँध गाउँपालिका पालिका अध्यक्ष रक्ष बहादुर शाह काे प्रमुख आतिथ्यतामा खेल संचालन भयकाे छ ।
ठाटिकाध गाउँपालिका अध्यक्ष ले ब्यानर पडेर तथा सर्भिस गरेर खेलकाे उद्घाटन गर्नुभयकाे छ । समाराेहमा ठाटिकाँध गाउँपालिका उपाध्यक्ष देबिराम बडुवाल , जिल्ला समन्वय समिति दैलेखका सदस्य डिल बहालुर शाही ,जिल्ला खेलकुद बिकास समितिका सचिब भुपेन्द्र बहादुर शाही ,ठाटिकाँध गाउँपालिकाका कार्यक्रम संयाेजक भुपेन्द्र बहादुर शाही तथा विभिन्न राजनितिक दलहरुकाे प्रतिनिधि खेल प्रेमिहरुकाे उपस्थितिमा खेल संचालन भएकाे हाे ।

खेलमा सहभागी भईसकेपछि जित र पराजित भन्ने कुरा हुन्छ खेलाडिहरुले मित्रवत तरिकामा अनुशासित भएर खेल खेल्नुहुनेछ भने अपेक्षा लिएकाे छु अध्यक्ष रक्ष बहादुर शाहले बताउनु भयाे हाम्रो अनुशासन नै खेलकुदकाे लागि मुख्य कुरा भएकाेले अनुसशासित र सभ्यताका साथ खेल्न बताउनु भएकाे हाे ।
भलिबल प्रतियोगितामा १३ वटा टिमकाे सहभागिता भयकाे ठाटिकाँध गाउँपालिका कार्यक्रम संयाेजक भुपेन्द्र बहादुर शाहीले बताए कार्यक्रममा अतिथि , विशेष अतिथि तथा प्रमुख अतिथिले शुभकामना दिएका थिय ।
