ठाटिकाँध गाउँपालिका स्तरीय पहीलो अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न

दैलेख । ठाटिकाँध गाउँपालिका स्तरीय पहीलो अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ बैशाख २०८०/०१/ १२ गतेबाट सुरु भएको प्रतियोगिता सनिवार २०८०/ ०१ / १६ गते सम्पन्न भएको हो ।
ठाटिकाँध गाउँपालिका द्वारा आयाजित खेलकुद प्रतियोगिता भएको थियो । जहाँ विजेता र उपविजेता भएकाहरुलाई सनिवार पुरस्कार वितरण गरिएको थियो । प्रथम हुने टिमले नगद ६१ हजार १सय रुपैयाँ , दोस्रो हुने टिमले नगद ४६ हजार १सय रुपैया र तृतिया हुने टिमले नगद २६ हजार १सय रुपैया पुरस्कार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छ ।
समापन कार्यक्रममा बोल्नु हुदै गाउँपालिकाका अध्यक्ष रक्ष बहादुर शाहले खेलाडीलाई हौसला प्रदान गर्नुहुने दर्शक र ईमान्दार,शिष्ट, भद्र र धैर्यताका साथ खेल खेल्ने सबै खेलाडीलाई धन्यवाद साथमा प्रतियोगिताको विजेता र उपविजेता हुने टिमलाई बधाईको साथमा शुभकामना दिनु भएको थियो ।
ठाटिकाँधका युवालाई राष्ट्रिय खेलकुदसम्म पु¥याउँने लक्ष्यका साथ अध्यक्ष कपको सुरुवात गरिएको बताउँदै अध्यक्ष शाहले यस खेलबाट खेलाडीले प्राप्त गरेका ज्ञान, सिप राष्ट्र, देश, समाज र स्वास्थ्यका लागी अत्यन्तै पलदायि हुने र अगामी दिनमा खेलकुद जगतको उचाईमा पुग्नका लागी टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।