कर्णाली प्रदेशसभाका विषयगत समिति गठन
![s0ff{nL, !! ;fpg M s0ff{nL k|b]z;efsf] ejg . t:jL/ M k|sfz clwsf/L÷/f;; s0ff{nL, !! ;fpg M s0ff{nL k|b]z;efsf] ejg . t:jL/ M k|sfz clwsf/L÷/f;;](https://madhyapahad.com/wp-content/uploads/2023/02/karnali-pradeshsava-1024x602-1024x585.jpg)
सुर्खेत । कर्णाली प्रदेश सभाका विषयगत समिति गठन भएका छन् । सभाको पहिलो अधिवेशनको पन्ध्रौं बैठकमा सभामुख नन्दा गुरुङले विषयगत समिति गठन गरिएको जानकारी दिईन् ।
कर्णाली प्रदेश सभा नियमावलीको परिच्छेद–२१ मा प्रदेश सभाको समितिहरु सम्बन्धी व्यवस्था गरिएको छ । संविधानको धारा १९३ बमोजिम प्रदेश सभाको कार्यप्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन विषयगत समिति, विशेष समिति र आवश्यकता अनुसार अन्य समिति गठन गर्नुपर्छ । त्यसअनुसार विषयगत समिति गठन गरिएको हो ।
नियमावलीको नियम १५७ बमोजिम प्रदेश सभाको पहिलो बैठक बसेको तीन महिनाभित्र सभामुखले प्रत्येक समितिका सभापतिको निर्वाचन गरिसक्नुपर्ने हुन्छ । तर, सभाको पहिलो बैठक पुस १८ गते बसेको थियो । त्यसअनुसार आईतबार चार महिना पुगेको छ । नियामावली अनुसार तोकिएको अवधिमा विषयगत समितिको गठन हुन सकेको थिएन ।
यी हुन् विषयगत समितिका सदस्यहरु
प्रदेश मामिला समिति
१. कल्याणी खड्का
२. जानकी सिंह
३ .टेकराज पछाई
४ .दक्षिणा शाही
५ .पूर्ण बहादुर खत्री
६ .महेन्द्र केसी
७ .रणसिंह परियार
८ .सुरेश अधिकारी
सार्वजनिक लेखा समिति
१. जीत बहादुर मल्ल
२. जीवनबहादुर शाही
३ .तुलसा मल्ल
४ .धिरेन्द्र बहादुर शाही
५ .लक्ष्मी सुनार
६ .विन्दमान विष्ट
७ .सन्तोषी शाही
अर्थ तथा प्राकृतिक स्रोत समिति
१ .दुर्ग बहादुर रावत
२ .बलिमाया बुढा
३ .विजय बुढा
४ .बिर बहादुर शाही
५ .विनोद कुमार शाह
६ .शेर बहादुर बुढा
७. हिक्मत बहादुर विष्ट
सामाजिक विकास समिति
१.ईन्द्रा कुमारी शाही
२. कल ब हमाल
३.गोमत विका
४. घनश्याम भण्डारी
५. जुमकित लामा कार्की
६. मिलन खड्का रोका
७. यामलाल कडेल
८. राजीव विक्रम शाह