‘कर्णाली पैसा’ महोत्सव हुँदै

सुर्खेत । सुर्खेतको बिरेन्द्र नगरमा बैशाख २६ मा १ दिने कर्णाली पैसा महोत्सव हुने भएको छ । कर्णाली बेसिन कन्जरवेशन फाउण्डेशनले (केबीसीएफ) यहि बैसाख २६ गते बिरेन्द्रनगर, सुर्खेतमा नेपाल उद्योग तथा वाणिज्य संघ कर्णाली र सुर्खेत मोडल कलेजसँग सहकार्यमा “कर्णाली पैसा महोत्सव “हुने भएको हो ।
कर्णाली पैसा महोत्सबमा विभिन्न क्षेत्रका विशेषज्ञहरुसँग अन्तरक्रिया , व्यापार सल्लाहकारहरुद्वारा व्यावसायिक योग्यता सुधार र आउने उद्यमिहरुका लागि उद्योग सल्लाह समावेश छन् । कर्णाली प्राकृति अनुपम उपहार भएपनी पछाडी पर्नुका कारण खोज्ने र लगानी भित्राई सुखी कर्णाली बासी,समृद्ध कर्णालीका आधार बित्तिय लगानी, उद्योगमा सृजनात्मकता र नवीनता समर्थन गर्न र व्यवसायहरूको विकासको लागि विकास आवश्यकता खोज्ने , वित्त पहुँचको अवसर प्रदान गर्ने महोत्सवको उद्देश्य रहेको छ ।
यो उत्सव उपयुक्त साझेदारहरुलाई एकीकृत गर्ने, कर्णालीको आर्थिक र मानवीय पूंजी विकासमा पैसा, वित्त, बैंकिङ, लगानी र बीमाको सकारात्मक भूमिका चर्चा गरिने छ । यो कार्यक्रमले दिगो बिकासका लक्ष्य हासिल गर्नका लागि रोजगार सिर्जना र वृद्धि गर्न समर्थन नीति बढाउने र सामाजिक जिम्मेवारी सञ्चालनमा नेपाल राष्ट्र बैंकको स्थानीय निर्देशिका जस्ता मुद्दाहरुको सवालहरुको बारे समाधान खोजिने छ ।
यो उत्सवमा वित्तीय क्षेत्रका विभिन्न स्टेकहोल्डरहरु, सरकारी विभागहरु, वित्तीय संस्थाहरु, र उद्यमीहरुलाई जोडेर उपलब्धि प्रदान गर्नेछ। यो उद्यमीता लागू गर्ने, कार्णालीको वित्तीय समावेशन द्वारा स्थायी आर्थिक विकास प्रोत्साहन गर्ने र क्षेत्रको वित्तीय क्षेत्रमा आवश्यकताहरु र अवसरहरुलाई चर्चा गर्ने सहयोग गर्न सकिन्छ ।