ठाटीकाँध गाउँपालिकाले बजेट ३८ करोड १२ लाख
सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिकाले आगामी आर्थिक बर्ष ०८०।०८१ को लागि लागि ३८ करोड १२ लाख ८ हजार पाँच सय रुपैयाको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
गएको आइतबार १३ औँ गाउँ सभा मार्फत सो बजेट सार्वजनिक भएको हो । चालु आर्थिक बर्ष भन्दा ६ करोड कम बजेट हो । चालु आर्थिक बर्षमा पालिकाले ४४ करोड भन्दा बढी बजेट ल्याएको थियो ।
पालिकाले कृषि,पशुपन्क्षी,पर्यटन प्रवर्धन कला सास्कृति संरक्षण स्वास्थ्य, शिक्षालाई पहिलो प्राथमिकता दिएको छ । चालु आर्थिक बर्षमा ५० लाखको राजस्व संकलन गर्ने लक्ष्य लिए पनि १८ लाख राजस्व संकलन भएको पालिकाले जनाएको छ ।
आव ०८०।०८१ को बार्षिक बजेटमा पनि सोही अनुसार राजस्व संकलन गरिने उल्लेख गरिएको छ । अर्गानिक कृषि उत्पादन नीतिलाई अबलम्बन गरि,निर्वाहमुखी कृषिलाई व्यावसायिक मुखी बनाउने,बेरोजगार र विदेशबाट फर्के युवालाई कृषिमा आर्कषण गर्ने नागरिकलाई उधमशिल र सीपमुलक बनाइ रोजगारीको अधिकतम अवसर सिर्जना गरि गरिबी न्यूनीकरण गर्ने नीति लिईने निति तथा कार्याक्रममा उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रम ठाटीकाँध गाउँपालिकाका अध्यक्ष रक्षबहादुर शाहले प्रस्तुत गरेका थिए ।
