बिपी कोइरालाको ४१ स्मृती दिवसको अवसरमा बृक्षरोपण
दैलेख । नेपाली कांग्रेसका संस्थापक नेता बि पी कोइरालाको ४१ स्मृती दिवसका अवसरमा दैलेखमा बृक्षरोपण गरिएको छ ।



नेपाल बिद्यार्थी संघ दैलेखले आठबिस शिक्षा क्याम्पस आठबिस, दोणाचल क्याम्पस दुल्लु, चामुण्डा क्याम्पस चामुण्डा मा बृक्षरोपण गरेको हो । बृक्षरोपणमा झण्डै ३ सय ५० बढी विभिन्न पर्जाती का बिरुवाहरु रोपिएको नेपाल बिद्यार्थी संघ दैलेखका अध्यक्ष दिक्पाल कुमार शाहीले जानकारी दिए ।

