बालिका बलात्कार गर्ने पक्राउ
दैलेख । एक नाबालिका वलत्कार गर्ने एकजनालाई दैलेख प्रहरीले पक्राउ गरेको छ । बलत्कारको आरोपमा पक्राउ पर्ने दुल्लू नगरपालिका ९ रोकायाबाँडाका २८ बर्षिय तेजबहादुर रोकायलाई पक्राउ गरिएको हो ।
गएको विहिवार काफल खान गएको मौका छोपी रोकायाले १३ बर्षीया बालिकालाई बलात्कार गरेको सुचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक अनुपम श्रेष्ठले बताए । श्रेष्ठका अनुसार घरबाट पाँच मिनेटको दुरीमा रहेको जंगलमा काफल खान गएको मौका छोपी ती बालिकालाई बलात्कार गरेको सूचनाका आधारमा रोकायलाई पक्राउ गरिएको हो ।
रोकायले काफल खान गएको समयमा कोही नभएको मौका छोपी भाग्न नदिई हातले मुख थुनेर बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडितको तर्फबाट बालिकाकी आमाले शनिवार जोहरी दिएकी छिन् । बलात्कार आरोपमा पक्राउ परेका रोकायलाई दैलेख जिल्ला अदालतबाट पहिलो पटक १० दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको दैलेखका प्रहरी प्रमुखले जानकारी दिए ।
