Skip to main content
२०७८ श्रावन २१, बिहिबार

जुम्ला सिँजाको हिउँदे राजधानी दुल्लुलाई स्मार्ट सिटी बनाइने

सरकारले जुम्ला सिँजा राज्यको हिउँदे राजधानी मानिएको कर्णाली प्रदेशको दुल्लु नगरपालिकामा स्मार्ट सिटी बनाउने भएको छ ।

गत चैत्र २५ मा बसेको संघीय मन्त्रिपरिषद्को बैठकले दुल्लू नगरपालिकालाई स्मार्ट सिटी बनाउनको लागि तत्काल वातावरण मूल्यांकनसहित खरीद प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

सरकारले बजेट सुनिश्चितता गर्दै दैलेखको दुल्लुसहित देशका १२ ओटा स्थानलाई ‘स्मार्ट सिटी’ बनाउने निर्णय गरेको छ । दैलेखको दुल्लु, दाङको तुलसीपुर, कञ्चनपुरको भीमदत्त र डडेलधुराको अमरगढी, स्याङ्जाको वालिङ र रुपन्देहीको लुम्बिनीलाई स्मार्ट सिटी बनाउने निर्णय गरेको हो ।

दुल्लूको पर्यटकीय स्थल मालिका मन्दिरबाट देखिएको दुल्लूनगरपालिकाको उत्तरतिरको दृश्य । तस्वीर : भक्तबहादुर शाही

झापाको गौरीगन्ज, रौतहटको चन्द्रपुर एवं मौलापुर, काभ्रे उपत्यका, भक्तपुरको गुन्डु–बालकोट क्षेत्र र धनकुटालाई स्मार्ट सिटी बनाउने निर्णय गरिएको भवन निर्माण विभागमा महानिर्देशक नवराज प्याकुरेलले जानकारी दिए ।

वातावरण मूल्यांकनसहित खरीद प्रक्रिया अघि बढाउने गरी मन्त्रालयलाई निर्देशनसमेत आइसकेको सहरी विकास मन्त्रालयले बताएको छ ।

मन्त्रालयका अनुसार ती सहर विकासका लागि बजेट सुनिश्चिततासहितको निर्णय भएको छ । सकारले प्रत्येक सहरका विकासका लागि १र १ अर्ब रुपैयाँका दरले १२ अर्ब रुपैयाँ विनियोजन गर्ने निर्णय गरेरको छ । तर यसअघिको सरकारले विसं २०७४ असार २८ मा गरेका निर्णयमा विशेष महत्वसाथ स्मार्ट सिटी बनाउने केही सहरलाई यस पटकको निर्णयमा हटाएको छ ।

सन् २०५० सम्ममा विश्वका ६० प्रतिशतभन्दा बढी जनसंख्या सहरी क्षेत्रमा बस्ने अनुमान छ । त्यसका लागि सुरक्षित खाना, सफा पानी यातायात, र पर्याप्त ऊर्जा सहरका मुख्य समस्या हुनेछन् ।

सहरलाई सामाजिक, वातावरणीय र आर्थिकरुपले चलायमान बनाउन निकै कठिन हुनेछ । त्यसकारण सहरलाई अहिल्यैदेखि स्मार्ट बनाउन थालिएन भने पछि विकराल समस्या आउने सहरी विज्ञहरुको भनाइ छ ।

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: