सुर्खेत दैलेख लगाएत ६ जिल्लाका नदीहरुमा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह
सुर्खेत । आज ६ जिल्लाका नदी तथा खोलामा बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । सुर्खेत, दैलेख, अछाम, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुर जिल्ला र यी जिल्लाका आसपास भइ बहने नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।
यस्तै, कर्णाली, भेरी, पश्चिम राप्ती, बबई, महाकाली बाग्मती, नारायणी, र यसका सहायक नदीहरुको जलसतह सतर्कता तह आसपास पुग्न सक्ने अनुमान छ । यी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।
मनसुनको न्यून चापीय रेखा नेपाल नजिकै रहेकाले मनसुन सक्रिय हुँदा हिजोदेखि देशभर पानी परिरहेको छ । देशभर नै पानी परिरहेकाले बाढी पहिरोसँगै डुबानको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।
