निरन्तर भारी वर्षा सुर्खेतका जोखिम ठाउँमा ‘अर्लट’ जारी, उद्धारटोली तयारी अवस्थामा
सुर्खेत । निरन्तर वर्षा बढेसँगै जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाभरका जोखिम ठाउँमा अलट जारी गरेको जनाएको छ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतकाअनुसार जिल्लाको बराहताल गाउँपालिकाको चेपाङ, साझघाट, तरंगा, पाक्मा र रानीघाटका गाउँ र पञ्चपुरी नगरपालिको तिखाकुना, वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर २, ३, ९ र १० का विभिन्न स्थानमा जोखिममा रहेका छन्।
प्रशासनले बबई, भेरी र कर्णाली नदीका तटीय क्षेत्रका नागरिकलाई उच्च सर्तक अपनाउन आग्रह गरेको छ।
यी स्थानका नागरिकहरुलाई सजग हुनका लागि सम्बन्धि वडाका जनप्रतिनिधिहरूलाई तयारी अवस्था रहनका लागि सुचना गरिएको छ।
यस्तै, प्रशासनकाअनुसार यदी कुनै पनि स्थानमा बिपत्ले क्षती पु¥याएको खण्डामा उद्धारका लागि सुरक्षा निकायालाई तैनाथ अस्थामा राखिएको छ।
वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरको पालिकाको तल्लो भूभाग डुबानमा पर्ने भएकाले त्यहाँका नागरिकलाई सुरक्षीत स्थानमा बस्नका लागि सूचना गराई गरिसकेको जानकारी दिइन्।
नगरप्रमुख ढकालले जोमिखमा रहेकका वडा कार्यालयका वडाध्याक्षहरूलाई तयारी अवस्थामा रहनका लागि निर्देशन गरिसकेको जानकारी दिइन्। उनले भनिन्, ‘नगरपालिकाको स्रोत साधानलाई तयारी अवस्थामा राखेकाछौँ। प्रशासनसँग पनि समन्वय मै छौँ।’
यस्तै, मौसमविद्का अनुसार सुर्खेत जिल्ला भर र दैलेखको अधिकाशं भागमा भारी बर्षा जारी रहेको छ। गएरातिदेखि परेको अविरल वर्षा तत्कालै कम हुने संकेत नदेखिएको मौसमविद् सन्जिव अधिकारीले जानकारी दिए।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् अधिकारीले भने, ‘दैलेख, सुर्खेत भन्दा बढी बर्दियाको भागमा बढी बर्षा भइरहेको छ। वर्षा अहिले नै रोकिने स्थिति छैन्। भोलीबाट केही सुधार हुनसक्ने संकेत देखिन्छ।’
साथै उनले हिमाल भन्दा पहाड र तराईमा बढी वर्षा भइरहेको जानकारी दिए। उनकाअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनीका धेरै जसो स्थान तथा कर्णाली र सुदुरपश्चि प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ।
