मुगुमा बाेलेराे जीप दुर्घटना, २ जनाकाे मृत्यु
सुर्खेत । मुगुमा बाेलेर जीप दुर्घटनाहुँदा दुइ जनाकाे मृत्यु भएकाे छ । साेरू गाउँपालिकाकाे वडा नम्बर ७ मा सिप पहिराे नजिकै ज १ च ७७६२ नम्बरकाे बाेलेराे जीप दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख महेश बस्नेतले जानकारी दिए ।
मृत्यु हुनेहरूकाे पहिचान नखुलेकाे प्रहरी प्रमुख बस्नेतले बताए । अन्य घाइतेहरूकाे उद्दार गरेर गमगढीतर्फ पठाइ सकिएकाे र अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।
साेरूकाेटबाट गमगढी आउँदै गरेकाे जीप सडकबाट करिव दुइ सय मिटर तल खसेकाे छ । घटनास्थलमा प्रहरी पुगेर घाइतेहरूकाे उद्दार गरिरहेकाे प्रमुख बस्नेतले बताए । साेरू-गमगढी सडक खण्डकाे ठाउँठाउँमा अवरूद्ध रहेकाले घाइतेहरूलाइ गमगढी ल्याउन कठिनाइ भइरहेकाे उनले बताए । दुर्घटनामा घाइतेकाे संख्या बढ्न सक्ने भएपनि दुर्घटनास्थलकाे विस्तृत विवरण आउन बाँकी रहेकाे प्रहरीकाे भनाइ छ ।
