दैलेखमा चट्याङ लाग्दा एकजनाको मृत्यु १६ जना घाइते
दैलेख । दैलेखको महाबु गाउँपालिका १ खरिगैरामा चट्याङ लाग्दा एकजनाको मुत्यु र १६ जना घाइते भएका छन् ।
बिहिबार अन्दाजी बेलुका ४ बजेको समयमा महाबु गाउँपालिका १ खरिगैरा बस्ने महेन्द्र बहादुर खत्रीको टायलले छाएको दुई तल्ले कच्ची घर सोही ठाउँमा बस्ने दल बहादुर गुरुङको जस्ताले छाएको दुई तल्ले कच्ची घर र जय बहादुर गुरुङ्गको जस्ताले छाएको दुई तल्ले कच्ची घरमा चट्याङ लाग्दा महाबु गाउँपालिका १ बस्ने बर्ष ४२ की भुमिसरा खत्रीको उपचारको लागि जिल्ला अस्पताल दैलेख ल्याईएकोमा करिब ६ बजेकाे समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
यस्तै प्रहरीका अनुसार चट्याङमा परि १६ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पताल र जिल्ला अस्पतालमा उपचार भइरहेको छ, भने केहीलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाईएको छ ।