कर्णालीमा एमालेका संगठित सदस्य ५१ हजार ८३७
३० हजारले पार्टी छोडे, २० हजार बढी थपिए
सुर्खेत । कर्णाली प्रदेशमा एमालेका संगठित सदस्य २०७८ सालमा ६२ हजार तीन सय ८८ रहेका थिए। तर, ३० हजार तीन सय ९५ जनाले पार्टी छोडेका छन्। अर्थात् उनीहरुले नवीकरण गरेनन्। हाल कर्णालीमा पुराना दुई वर्ष (२०७९/०८०)को नवीकरण गर्नेमा ३१ हजार ९ सय ९३ जना मात्रै रहेका छन्।
२०७८ मा सबै भन्दा बढी दैलेखमा १३ हजार दुई १४ जना पार्टी सदस्यमा ४ हजार ६ सय ४४ जनाले मात्रै नवीकरण गरेका छन्।
यस्तै, सुर्खेतमा १२ हजार ९१ मध्ये ७ हजार २१५, कालीकोटमा ७ हजार ७२३ मध्ये २ हजार २४२, जुम्लामा ३ हजार २०२ मध्ये २ हजार ३९४, मुगुमा ४ हजार ८८९ मध्ये २ हजार ९७, डोल्पामा ४ हजार ९७३ मध्ये २ हजार ६४३, हुम्लामा ५ हजार २७८ मध्ये, ३ हजार ४१०, रुकुमपश्चिमा ३ हजार १२३ मध्ये ९ सय १२, सल्यानमा ३ हजार ७ मध्ये २ हजार २८२ र जाजरकोटमा ४ हजार ८८८ मध्ये ३ हजार १५४ जनाले मात्रै नवीकरण गरेका छन्।
प्रदेशभर २० हजार एक सय ९ जना भने नयाँ सदस्य थपिएका छन्। नयाँ र पुराना गरि कर्णालीमा एमालेका ५१ हजार ८ सय ३७ जना संगठित सदस्यहरु छन्। सबै भन्दा बढी सुर्खेतमा १० हजार ५५८ सदस्य छन्। जसमा महिला तीन हजार ५५ र पुरुष ६ हजार दुई ८२ छन्। भने एमालेका सबै भन्दा कम संगठित सदस्य दुई हजार एक ७० जना रुकुम पश्चिममा रहेका छन्। जसमा महिला ६ सय ८१ र पुरुष एक हजार चार सय २८ छन्।
यस्तै, जाजरकोटमा ६ हजार आठ सय (महिला १८ सय ८७ र ४ हजार ८४६ पुरुष) दैलेखमा ६ हजार ६५३ जना (१३ सय ६३ महिला, ५ हजार २७५ पुरुष) कालीकोटमा ६ हजार १०३ (१८ सय ९० महिला र ४ हजार २१७ पुरुष) हुम्लामा ४ हजार ६६५ (एक हजार ४ महिला र २ हजार ८६२ पुरुष), जुम्लामा ४ हजार ४४३ (१ हजार २३१ महिला र ३ हजार ६९ पुरुष) डोल्पामा ३ हजार ८३६ (१ हजार ४०६ महिला, २ हजार ८६२ पुरुष) र मुगुमा ३ हजार ३१ (६१२ महिला र एक हजार ९३१ पुरुष) छन्।