माइतीघरदेखि नयाँ बानेश्वरसम्म शिक्षकहरुको जुलुस
काठमाडौँ । माइतीघरमा भेला भएका शिक्षकहरु जुलुससहित नयाँ बानेश्वर पुगेका छन् । नयाँ बानेश्वर पुगेर शिक्षकहरुको जुलुस कोणसभामा परिणत भएको छ । कोणसभालाई शिक्षक महासंघ र नेपाल विद्यालय कर्मचारी परिषद्काका नेताहरुले सम्बोधन गरेका छन् ।
आन्दोलनका कारण राजधानीको यातायात अस्तव्यस्त बनेको छ। विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षकहरु आन्दोलित भएका हुन् ।
महासङ्घले विधेयकको विरोधमा विभिन्न १८ बुँदे असहमति राखेको छ । आन्दोलनका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका हुन् ।
फोटोफिचर ;
















