रुकुम पश्चिमका भुकम्प पिडितलाई राहत वितरण

रुकुम पश्चिम । रुकुम पश्चिमका साढे तीन हजार बढी भुकम्प पिडित परिवारहरूलाई राहत वितरण गरिएको छ । सात सय २० घरका तीन हजार ७५२ परिवारलाई पहिलो राहत वितरण गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
चौरजहारी नगरपालिकाको वडा नम्बर १०, १२ र १४ मा २८८ घरका एक हजार ५११ परिवारलाई चामल, दाल, चिउरा, साबुन ब्लयाङ्केट वितरण गरिएको छ भने यस्तैगरि सानोभेरी गाउँपालिकाको वडा नम्बर २ का एक ३३ घरका सात सय २८ परिवारलाई त्रिपाल, म्याट्रेस र कम्बल वितरण गरिएको छ ।
मुसिकोट नगरपालिकाको १३ र १४ नम्बर वडाका ९४ घरका चार ८४ परिवारलाई चामल, दाल, चिउरा, साबुन र ब्ल्याङ्केट वितरण गरिएको छ ।
आठबिसकोट नगरपालिकाका ९, १०, ११, १३ र १४ नम्बर वडाका एक ५५ घरका सात ४४ परिवारलाई चामल, दाल, नुन, तेल, त्रिपाल, म्याट्रेस र कम्बल वितरण गरिएको छ । यस्तै त्रिवेणी गाउँपालिकाको ९ नम्बर वडाका २८५ परिवारलाई त्रिपाल वितरण गरिएको छ ।
गत शुक्रवारको भूकम्पका कारण रुकुम पश्चिमका विभिन्न पालिकाहरूमा धनजनको क्षति भएको छ । विशेष गरी यहाँका आठबिसकोट र सानोभेरीमा मानवीय क्षति भएको छ भने भौतिक संरचनाको क्षति आंशिक रूपमा सबैतिर परेको छ ।