ठाटिकाँध गाउँपालिका द्वारा असिना पिडितलाई राहत वितरण

दैलेख । ठाटिकाँध गाउँपालिकाकाे वडा नं ३ र ४ मा असिना पानिले सबै किसानकाे खेतबारिमा लगाएकाे अन्न बालि नष्ट गरेपछि स्थानिय सरकारले साढे चार सय बढी असिना पिडित परिवारहरूलाई राहत वितरण गरेकाे छ ।
गाउँपालिका अध्यक्ष गाउँपालिका उपाध्यक्ष वडाका जनप्रतिनिधि वडा स्थित सम्पुर्ण राजनितिक दल काे उपस्थितिमा साढे चार सय असिना पिडित घरपरिवारलाई १/१ बाेरा चामल बितरण गरियकाे ठाटिकाँध गाउँपालिकाका कार्यक्रम संयाेजक भुपेन्द्र बहादुर शाहीले बताएका छन ।