ठाटिकाँध गाउँपालिका वडा नं ४ चौथो भलिबल वडा अध्यक्ष कप प्रतियोगिता सम्पन्न
दैलेख । ठाटिकाँध गाउँपालिका वडा नं ४ काे आर्थिक सहयाेगमा समाबेसि सेवा केन्द्रले ठाटिकाँध गाउँपालिका वडा नं ४ मा शुभ दीपावलीको अवसरमा आयाेजना गरेकाे चाैथाे वडा स्तरिय कप भलिबलको उपाधि ठाटिकाँध गाउँपालिका वडा नं १ ले हात पारेको छ ।
हिजाे भएको फाइनल खेलमा ठाटिकाँध गाउँपालिका–१ ले ठाटिकाँध गाउँपालिकाले आयाेजक टिम लाई हराउँदै उपाधि हात पारेको हो ।
पालिका स्तरीय भलिबल प्रतियोगितामा ठाटिकाँध गाउँपालिकाका विभिन्न वडा र क्लब सहित १४ टिमको सहभागिता रहेको थियो ।
समावेसि सेवा केन्द्रले बिगत चार वर्षदेखि दीपावलीको अवसरमा भलिबल प्रतियोगिता तथा कला संस्कृतिकाे जगेर्ना गर्न देउडा प्रतियाे गिताको आयोजना सुरु गरेको सेवा केन्द्रका अध्यक्ष नमराज कठायतले जानकारी दिए ।
प्रतियोगितामा आयाेजक सेवा केन्द्र दाेश्राे , वडा नं ३ तिनचुलि युवा क्लव तेश्राे र वडा नं ५ चौथो भएको थियो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको थियो भने दोस्रो हुने टिमले नगद १५ हजार सहित मेडल र प्रमाणपत्र ,तेस्रो ले नगद १० हजार, मेडल र प्रमाणपत्र पाएका थिए।
विजेता क्लब तथा खेलाडीहरूलाई ठाटिकाँध गाउँपालिका उपाध्यक्ष देबिराम बडुवाल र वडा नं ४ का वडा अध्यक्ष केहेरसिंह कठायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिने क्लबका अध्यक्ष कठायतले जानकारी दिए ।
खेल क्षेत्रलाई तिनै तहका सरकारले प्राथामिकता दिनु पर्ने र सबै वडामा खेल मैदानकाे लागि उपयुक्त जग्गा तयार गरि खेल मैदान निर्माणमा प्राथामिकता दिनुपर्ने ठाटिकाँध गाउँपालिकाका कार्यक्रम संयाेजक भुपेन्द्र बहादुर शाहीले बताए ।