ठाटिकाँध गाउँपालिकाको दाेश्राे अध्यक्ष कप उपाधि दिप्शिका कन्ट्रक्सनले हात पार्याे
दैलेख। ठाटिकाँध गाउँपालिकाको आयोजनामा शुभ दीपावली तथा ठाटिकाँध गाउँपालिकाकाे केन्द्र ठाटिकाँध बजार मा लाग्ने भस्सि मेलाको अवसरमा भएको ठाटिकाँध गाउँपालिका दोस्रो अध्यक्ष कप भलिबलको उपाधि दिप्शिका कन्ट्रक्सनले हात पारेको छ ।
आज भएको फाइनल खेलमा दिप्शिका कन्ट्रक्सनले चामुण्डा बिन्द्रासैनि नगरपलिका लाई हराउँदै उपाधि हात पारेको हो ।
अन्तरपालिका स्तरीय अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगितामा दैलेख तथा छिमेकि जिल्ला अछामका विभिन्न पालिका र क्लब सहित ८ वटा टिमको सहभागिता रहेको थियो ।
ठाटिकाँध गाउँपालिकाले गत आर्थिक वर्षदेखि अध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना सुरु गरेको ठाटिकाँध गाउँपालिकाका कार्यक्रम संयाेजक भुपेन्द्र बहादुर शाहीले जानकारी दिए ।
प्रतियोगितामा तुर्माखाँद गाउँपालिका तेस्रो र आयोजक ठाटिकाँध गाउँपालिका चौथो भएको थियो । विजेता दिप्शिका कन्ट्रक्सन का जर्सी नम्बर ७ का जीवन बहादुर शाही उत्कृष्ट खेलाडि घोषित भएका थिए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ६९९०० सहित ट्रफी पाएको थियो भने दोस्रो हुने टिमले नगद ४९९०० सहित ट्रफी,तेस्रो ले नगद ३११०० र सान्त्वनाले नगद २११०० पाएका थिए ।
विजेता पालिका तथा खेलाडीहरूलाई ठाटिकाँध गाउँपालिकाका अध्यक्ष एबम् कार्यक्रमका प्रमुख अतिथि रक्ष बहादुर शाह, विशेष अतिथि जिल्ला खेलकुद बिकास समिति सदस्य सचिब भुपेन्द्र शाही, प्रमुख प्रशाशकिय अधिकृत नेम बहादुर खत्रि, सभाध्यक्ष नेत्र बहादुर थापा, रेफ्रि रेशम श्रेष्ठ लगायतले कप तथा पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिने कार्यक्रम संयाेजक भुपेन्द्र बहादुर शाहीले जानकारी दिए ।
खेल क्षेत्रलाई तिनै तहका सरकारले प्राथामिकता दिनु पर्ने र खेल हार जितका लागि मात्रै नभई मनाेरन्जनका लागि खेलिने हुदा पराजित खेलाडिहरुलाई निरास नहुन र विजेता टिम तथा सहभागी टिमलाई कार्यक्रमका प्रमुख अतिथि एवम ठाटिकाँध गाउँपालिकाका अध्यक्ष रक्ष बहादुर शाहले हार्दिक बधाई तथा शुभकामना दिए ।