ठाटिकाँध गाउँपालिका स्तरिय रास्ट्रपति रनिङ्ग शिल्डको तयारी पुरा

दैलेख । ठाटिकाँध गाउँपालिका स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता भोलि देखि ठाटिकाँधमा शुरु हुने भएको छ ।
“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित शुरु हुने गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको
ठाटिकाँध खेलकुद बिकास समितका अध्यक्ष दिक्पाल कुमार शाहीले बताए ।
गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता भोलि मिति २०८० मंसिर २८ गतेदिख सुरु भई ३० गते
समापन हुने ठाटिकाँध गाउँपालिका कार्यक्रम संयोजक भुपेन्द्र बहादुर शाहीले बताए ।
ठाटिकाँध गाउँपालिका खेलकुद बिकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिता ठाटिकाँध
गाउँपालिकाका ६ वटा माध्यामिक बिद्यालयहरुको सहभागिता रहने छ ।
प्रतियोगिता ठाटिकाँध गाउँपालिकाको कृष्ण माध्यामिक बिद्यालयको खेल मैदानमा हुनेछ । प्रतियोगितामा भलिबल,
कबड्डी, एथलेटिक्स लगाएतका खेलहरु संचालन हुने भएका छन ।
उद्घाटन कार्यक्रम ठाटिकाँध गाउँपालिका खेलकुद बिकास समितिका अध्यक्ष दिक्पाल कुमार शाहीको अध्यक्षतामा सम्पन हुनेछ ।