ठाटिकाँध गाँउपालिका द्धारा दोस्रो राष्ट्रपति रनिंग सिल्ड सञ्चालन
दैलेख । ठाटिकाँध गाउँपालिकाले आफ्नो पालिका स्तरिय दोस्रो राष्ट्रपति रनिंग सिल्ड सञ्चालन गरेको छ ।




६ वटा वडाभित्रका ६ वटा माध्यामिक विद्यालय सहभागित उक्त रनिंग सिल्डमा भलिवल, कवड्डी लगाएत एथलेटिक्सका विभिन्न खेलहरु सञ्चालन भइरहेका छन ।
मंसिर २८ गतेबाट सञ्चालन गरिएको रनिंग सिल्डका खेलमा छात्र छात्रा तर्फ दुईभागमा सञ्चालन गरिएका छन भने भलिवल र कवड्डी खेल नक आउट चरणमा खेलाइएको छ ।


ठाटिकाँध गाउँपालिकाको उक्त रनिंग सिल्ड सम्पन्न पश्चात पालिका स्तरिय समुह चयन गर्दै आगामी जिल्ला स्तरको रनिंग सिल्डमा सहभागि हुने कार्यक्रम संयेजक भुपेन्द्र बहादुर शाहीले जनाएका छन ।
राष्ट्रपति रनिंग सिल्ड सञ्चालनको अवसरमा ठाटिकाँध गाउँपालिकाका अध्यक्षले समग्र ठाटिकाँधको खेल विकासका लागि पालिका स्तरबाट बजेट व्यवस्थापन देखि सहभागि बिधालयहरुलाई आफुहरुले सहयोग गरिरहेको बताएका छन ।
यो बर्षमा हुने जिल्ला स्तरिय राष्ट्रपति रनिंग सिल्डको आयोजना ठाटिकाँध गाउँपालिकामा हुने भएकोले उक्त खेलको तयारीको लागि हामि लागिरहेको र आजको खेलबाट अनुशासित तथा सभ्य तरिकाबाट खेल खेलेर जित हात पार्न शुभकामना दिनुका साथै यो खेलबाट खेलाडि छनोट गरि आगामि दिनमा हुने जिल्ला स्तरिय खेलमा सहभागि भई उत्कृष्ट स्थान ल्याउनको लागि शुभकामना दिएका छन् ।
आजबाट संचालन भएको खेलमा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष र पालिका स्थित राजिनितक दलका प्रतिनिधिले शुभकामना दिएका थए । आजको पहिलो खेल सर्टफुट गरिएको थियो उक्त खेलमा छात्र तर्फ श्री कृष्ण माबि का बिमल बुढा प्रथम, भवानि माबि का रमेश अर्खालि दोश्रो र दशरथ माबि का देबेन्द्र बि क तेश्रो स्थान ल्याउन सफल भए भने छात्रा तर्फ भवानि माबि बाहाकोट का कल्पना शाही प्रथम, कृष्ण माबि का कुसुम आचार्य दोश्रो र दशरथ माबि प्याडुलिका जोशना शाही तेश्रो स्थान ल्याउन सफल भएका थिए भलिबल खेलको पहिले खेलमा मालिका माबि पाचँलालाई पराजित गर्दै भवानि माबि बाहाकोटले जित हात पारेको छ भने दोश्रो भलिबल खेल कृष्ण माबि लकान्द्र र मालिका माबि ठिमुरेको हुनेछ ।
पालिका भित्रका विद्यालयलाई अनिवार्य सहभागि गराउदै भोलिका दिनमा खेल्न सक्ने उत्कृष्ट खेलाडी छनौट गर्ने रनिंग सिल्डको उद्धेश्य भएको र पालिकासँगको सहकार्यमा खेल भइरहको र भोलिका दिनमा जिल्लास्तरिय खेलकुदमा ठाटिकाँधको सहभागिता गराई उत्कृष्ट नतिजा ल्याउने लक्ष्य भएको ठाटिकाँध खेलकुद विकास समितिका अध्यक्ष दिक्पाल कुमार शाहीले बताए ।
खेल ठाटिकाँध गाउँपालिकाको १ नम्बर वडामा रहेको कृष्ण मावि लकान्द्रमा भइरहेको छ उद्धघाटन कार्यक्रमको संचालन ठाटिकाँध गाउँपालिका कार्यक्रम संयोजक भुपेन्द्र बहादुर शाहीले गरेका थिए ।
यो पनि :
