बबईमा गाडी दुर्घटना, १ को मृत्यु
सुर्खेतको भेरिगंगा नगरपालिका-५ को बबई नजिक गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको बारबर्दिया-११ का २३ वर्षका रोशन थारू रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । दुर्घटनामा २५ जना यात्रु घाइते भएका छन् ।
सुर्खेतबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ ख ३६३० नम्बरको गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि कोहलपुर पुर्याइएको छ ।
