अस्ताउँदै छ, राउटे समुदायको अस्तित्व

२०७५ असारदेखी २०८० माघ पहिलो सातासम्म १८ जना बालबालिका र २० जना महिला पुरुषको मृत्यु भईसकेको छ ।
विश्वमा नेपाललाई चिनाएको राउटे जातीले । नेपालको साँस्कृति,विविधतालाई झल्काउने यो जातीको उत्तिकै महत्व मानिन्छ । फरक भेषभुषा जीवनशैली,परम्परा,साँस्कृतिक र संस्कारलाई बर्षौदेखी परम्पराको निरन्तरता दिईरहेको छ । प्राकृतिकसँग संर्घषशिल मानिने यो समुदायलाई प्राकृति ज्ञान भण्डार पनि भनिन्छ ।
नेपालको सम्पदा र कर्णाली प्रदेशको गहनाको रुपमा चिनिने यो समुदाय दैलेख,जाजरकोट,सल्यान दाङ्ग,सुर्खेत,अछाम, कालिकोट र बर्दिया जिल्लाका जंगलमा बसोबास गर्दै भ्रमणशिल बनेका छन् । यो जातिलाई दक्षिण एशियाको एकमात्र फिरेन्त जाती हो । तर राउटे भ्रमणशिल कुन कारणले भएका हुन् नेपाल सरकारले अहिलेसम्म अनुसन्धान गरेको छैन । लोपोन्मुख सामाजिक सुरक्षाको भत्ता दिएर पन्छिएको छ ।
गैरराउटेलाई दुनियाँ र आफुलाई ‘वनको राजा’ भन्न यो समुदायले गौरव मान्छन् । सित्तै अरुले दिएको चिजवस्तुलाई उपहार ठान्ने यो समुदाय कु काठबाट मधुश झुमा कोशी आरी,खाट बनाएर जीविकोपार्जन गरिरहेका हुन्थे । तर पछिल्लो समय गाउँमा भित्रिएका प्लास्टिक भाँडा सँगै प्रतिस्पर्धा गर्न नसक्दा र राष्ट्रिय वन सामुदायिक हस्तान्तरण हुँदा न भने जसो कुकाठ काट्न पाएका छन् ।
न त भाँडाकुडाले बजार पाएको छ । भाँडाकुडाँसँगै बजार नभएपछि सरकारी दिँदै आएको सामाजिक सुरक्षा भत्ता उनीहरु मदिरा, सुर्तिजन्य बस्तुका अम्बली बनेका छन् भने समुदायका अस्तित्व दिनप्रतिदिन संकटको सिढीमा उक्लिएको देखिन्छ ।
अत्याधिक लिची नामका मदिराको सेवन गर्नु, पोषणयुक्त खानाको कमी हुनु, नवजात शिशुको हेरचाहमा ख्याल नगर्नु सरसफाईमा ध्यान नदिनुले अधिकांश बालबालिकामा कुषोपण देखिएको माघे संक्रातिमा राउटे बस्तीमा पुगेका बालरोग विशेषज्ञ डाक्टर नवराज केसीले बताए । उनले भने,‘उहाँहरुलाई सरसफाई र पोषणमा ध्यान दिने हो भने र मदिरा न्यनिकणमा गरे जीवित सम्पदा जोगिनेछ ।’
राउटेको मदिरामोह
राउटेको जनसंख्या बर्सेनि घट्दो क्रममा छ । मदिराको उच्च सेवनबाट युवादेखि वृद्धवृद्धासम्मले अकालमा ज्यान गुमाइरहेका छन् भने, हेरचाह र खानपान नमिल्दा बालबालिकाको हुर्किन नपाउँदै ज्यान जाने गरेको छ । सरकारले राउटे समुदायमा मदिरा नियन्त्रण नगर्ने हो भने उनीहरुको ईतिहाँस पढ्न पाईने राउटेका जानकारको भनाई छ ।
२०७२ सालमा अछामको तुर्माखाँद गाउँपालिका कुजेडा स्थानमा राउटे युवा कपिल शाही जलेर सख्त घाइते भए। उपचारका लागि काठमाण्डौं लगिए पनि घाउ निको भएन । आगोले पोलिएको घाउ निको भएन। घाउको दुखाई कम गर्न उनले मदिराको सहारा लिए।
नियमित अत्यधिक मदिरा सेवनले उनलाई अन्य स्वास्थ्य समस्या देखियो। अन्ततः कपिलले २०७७ असार ३१ गते ज्यान गुमाए। त्यसैगरी यस अघि मुखिया ऐनबहादुर शाहीको तल्लोडुेश्वर र कृष्णबहादुर शाहीको अछाम तुर्माखाँदको भैरवस्थानमा अत्याधिक मदिरा सेवनले गर्दा लडेर मृत्यु भएको थियो ।
२०७९ साल दैलेखको नारायण नगरपालिका ८ सालखर्कमा राउटे युवा नारायण शाहीको अत्यधिक मदिरा सेवन गरेर आगो जल्दा उपचारका लागि काठमाण्डौ लगिएपनि सञ्चो भएन अन्तत मृत्युवरण गर्नु प¥यो । यति उदाहरण मात्र हुन् ।
त्यसरी मदिराको अत्यधिक सेवनका कारण ज्यान गुमाउने समुदायका अर्का युवा हुन्, शिवराज शाही। बजारमा पाइने लिचीजस्ता मदिराको लतमा फसेका शिवराजले २०७८ वैशाखमा ज्यान गुमाएका थिए। पछिल्लो पाँच बर्षमा राउटे समुदायका ३८ जनाले ज्यान गुमाएका छन्। धेरैजसो वयस्क उमेरका राउटे नागरिक मदिरा सेवनको असर देखिएर मृत्युवरण गर्नेहरू छन् । मदिरा सेवनका कारण अधिकांश राउटेको स्वास्थ्य कमजोर हुन थालेको स्वास्थ्यकर्मी बताउँछन्।
‘राउटेको मदिरासेवनको लत बन्द गर्नुपर्छ’ उनी भन्छन्, ‘सामाजिक सुरक्षा भत्ता मदिरामै सक्ने प्रवृत्ति राउटे समुदायमा छ, यसले समुदाय नै लोप हुने अवस्था नआउला भन्न सकिँदैन, त्यसैले अब सामाजिक सुरक्षा भत्ता नगद दिन बन्द गर्नुपर्छ।’ राउटेलाई भत्ताको साटो पोषणयुक्त आवश्यक खाद्यान्न उपलब्ध गराउनुपर्ने डा. नवराज केसी बताउँछन्। केसीले राउटे समुदायको अस्तित्व संरक्षण गर्नका लागि राउटे समुदायका नागरिकलाई मदिरा बिक्री वितरणमा रोक लगाउनुपर्ने बताए।
राउटे संरक्षण विशेष क्षेत्र घोषणा गरिनुपर्ने डा. केसीको भनाइ छ। ‘पहिले राउटेहरू गिठा भ्याकुर, तरुललगायतका जंगली कन्दमूलको भरमा बाँच्थे, अहिले अस्वस्थकर खानाले पनि उनीहरूको स्वास्थ्यमा असर पु¥याएको देखिन्छ,’ डा. केसी भन्छन्।
सामाजिक सुरक्षा भत्ता रक्सीमै खर्च
संघीय सरकारले राउटे समुदायलाई आर्थिक वर्ष २०६५÷०६६ देखि नै सामाजिक सुरक्षा भत्ता प्रदान गर्दैै आएको छ। हाल राउटे समुदायमा प्रतिव्यक्ति मासिक चार हजार रुपैयाँ भत्ता पाउँछन्। भत्ता बुझेको केही दिन उनीहरू मदिरा सेवनमा खर्च गर्छन ।
‘हामी आफैंले बनाएको अन्न जाँड झुमामा कुहाएर खान्थ्यौं, अहिले त सबै बजारका रक्सी खान्छन्’‘महिला र पुरुष दुवैले अत्यधिक रक्सी सेवन गर्ने समस्या छ, अहिले त बालबालिका पनि अभिभावकसँगै रक्सी खान थालिसके।’ बुवाआमा मदिराको लतमा फसेर भर्खर जन्मिएका बालबच्चाको हेरचाह नगर्दा सबै सन्तान जन्मिनेबित्तिकै मर्न थालेको मुखिया दिलबहादुर शाहीको भनाई छ ।
राउटे समुदायमा पछिल्लो पाँच वर्षयता २६ जना शिशु जन्मिएका छन्। समुदायमा सोसेक नेपालले सञ्चालन गरेको राउटे परियोजनाले उपलब्ध गराएको तथ्यांकमा २०७५ असारदेखि २०८० माघको पहिलो साता सम्म पाँच बर्ष मुनिका बालक सात जना, बालिका ११ जना गरीजम्मा १८ जना बालबालिकाको मृत्यु भईसकेको छ भने पाँच बर्ष भन्दा माथीका पुरुष १६जना,महिला ४ जना मृत्यु भएको छ । पाँच बर्ष यता बालबालिका पुरुष र महिला गरी ३८ जनाको मृत्यु भएको सोसेक नेपालका कर्मचारी राखिएको तथ्यांकमा उल्लेख गरिएको छ ।
अभिभावकले मदिरा सेवन गरेर नवजात शिशुको हेरचाह नगर्दा शिशुहरूले जन्मिएको एक हप्ताभित्रै ज्यान गुमाउने गरेको लालबहादुर खत्रीले बताए । ‘राउटेको बसाइ चिसो भुईमा छ,पोषणयुक्त खानपिन छैन, त्यसमाथि अभिभावक मदिराको लतमा फँस्दा शिशुले अकालमै ज्यान जाने गरेको छ भने मदिराले वयस्क नागरिकको स्वास्थ्य अवस्था पनि बिग्रिँदै गएको छ।’
‘राउटे नागरिकमा सरसफाइको अवस्था नाजुक छ, मदिराको प्रयोग अत्याधिक छ’ ‘सरसफाइका लागि राउटे नागरिकलाई सचेतना जरुरी छ, मदिराको प्रयोगलाई तत्काल रोक्नुपर्छ’ सरकारले स्पष्ट नीति निर्माण गर्नुपर्छ। सामाजिक चेतनासँगै कुलतको असरहरू, स्वास्थ्यमा पु¥याउने हानिको बारेमा सन्देशमूलक कार्यक्रम अघि बढाउनुपर्छ। उनीहरूको बासस्थान क्षेत्रमा प्रहरी प्रशासनले मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ गर्नुपर्ने जिल्ला स्थित अधिकारकर्मीको भनाई छ ।
राउटे समुदायलाई जथाभावी अस्वस्थ मदिराजन्य पदार्थ बिक्री वितरण गर्नेलाई रोक लगाईने छ । राउटे बस्तीसँगै जोडिएको पसललाई केही दिन अगाडी न्यानो कपडाका वितरणको समयमा पनि जथाभावी अखाद्यबस्तु अस्वस्थ मदिरा विक्री नगर्न भनेको फेरी पनि राउटे बस्तीमा अस्वस्थ मदिरा नपिउन जानकारीमुलक कार्यक्रम गरिने दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले बताए ।
‘यदी अस्वस्थ मदिरा विक्री वितरण गरिएको पाईएमा कारवाही समेत गरिनेछ छ’ उनले भने । गाउँका स्थानीय बासिन्दालाई राउटेको पहिचान, संस्कृति र इतिहासबारे जानकारीमूलक अभिमुखीकरण कार्यक्रम चलाउनुपर्छ मदिरा विक्रीमा रोक लगाउनुपर्ने स्थानीयबासी बताउँछन् ।
गए राती विहिवार दुर्गा शाहीको मृत्यु सहित २०७५ असारदेखी यता ३८ जनाको मृत्यु छ भने अब राउटे जनसंख्या १३७ मा झरेको छ । गएराती १२ बर्षिया बालिकाको मृत्यु शुक्रबार नै राउटेले चामुण्डाविन्द्रासैनी ४ सुईतडामा बसाई सारका छन् ।
तस्बिर : भक्त बहादुर शाही / दैलेख