जिल्ला स्तरिय राष्ट्रपति रनिंग सिल्डको तयारि पुरा

दैलेख । ठाटिकाँध गाउँपालिकामा संचालन हुने १४ औं जिल्ला स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता भोलि देखि ठाटिकाँधमा शुरु हुने भएको छ ।
“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित शुरु हुने जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जिल्ला खेलकुद बिकास समितका सदस्य सचिब भुपेन्द्र बहादुर शाहीले बताए ।
जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जिल्ला खेलकुद बिकास समितिको आयोजना , ठाटीकाँध गाउँपालिकाको आर्थिक सहयोग तथा ठाटीकाँध गाउँपालिका खेलकुद बिकास समितिको व्यबस्थापनमा भोलि मिति २०८० माघ १६ गते देखि खेल सुरु भई माघ १९ गते समापन हुनेछ ।
जिल्ला खेलकुद बिकास समितिको आयोजनामा सुरु भएको प्रतियोगितामा दैलेखका १० वटा स्थानिय तहले सहभागिता जनाएका छन । प्रतियोगिता ठाटिकाँध गाउँपालिकाको कृष्ण माध्यामिक बिद्यालयको खेल मैदान, ठाटीकाँध गाउँपालिकाको टुडिखेल तथा बिजारेको खेल मैदानमा हुनेछ । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स लगाएतका खेलहरु संचालन हुने भएका छन ।