१४औँ जिल्लास्तरिय राष्ट्रपति रनिंग सिल्ड ठाँटिकाँधमा सञ्चालन
दैलेख । १४औँ जिल्लास्तरिय राष्ट्रपति रनिंग सिल्ड खेलकुद प्रतियोगिता ठाँटिकाँधमा सञ्चालन भएको छ । जिल्लाका विभिन्न १० वटा पालिकाका माध्यामिक तहका १८ वर्ष मुनिका खेलाडी विद्यार्थीहरु सहभागि उक्त राष्ट्रपति रनिंग सिल्ड खेलकुद प्रतियोगिताको एक औपचारिक कार्यक्रमका बिच उद्धघाटन गरिएको हो ।
कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्रि बेदराज सिंहले उद्धघाटन गर्नुभएको उक्त राष्ट्रपति रनिंग सिल्ड खेलकुद प्रतियोगितमा जिल्लाका विभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधिहरु लगाएत खेल प्रशिक्षकहरु र खेलाडिहरुको सहभागिता रहेको थियो ।
खेलकुद प्रतियोगिताको उद्धघाटन गर्दै प्रमुख अतिथि सिंहले विभिन्न तहका शिक्षाको आवश्यकता संगै स्वस्थ जिवनयापनका लागि खेलकुदको पनि त्यतिकै आवश्यकता रहेको भन्दै आज विश्वका विकसित राष्ट्रहरु खेल र खेलाडीकै माध्यमबाट परिचित रहेकोमा जोड दिनुभयो ।
त्यसैगरि खेलकुद प्रतियोगितालाई शुभकामना व्यक्त गर्दै ठाँटिकाँध गाउँपालिका दैलेखका अध्यक्ष रक्ष बहादुर शाहले गाउँपालिकाको विविध समस्या र चुनौतिका वाफजुद खेल सञ्चालको अभिभारा बोकेको भन्दै खेलकुदको माध्ययमबाट भोलिका दिनहरुमा गाउपालिकाको पहिचान दिन सक्नेमा जोड दिनुभयो ।
कार्यक्रमका अध्यक्ष जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गोपाल विसिले खेलकुद प्रतियोगिता सञ्चालनको लागि आर्थिक समस्या चुनौतिको रुपमा रहेको र राष्ट्रले जिम्मेवारीमात्र सुम्पिनु दुःखको कुरा रहेको औँल्याउनुभयो ।
खेलकुद प्रतियोगिता आगामी माघ १९ सम्म सञ्चालन हुनेछ भने उत्कृष्ट स्थान हासिल गर्ने खेलाडीहरुले आगामी दिनमा हुने कर्णाली प्रदेश स्तरिय खेलकुद प्रतियोगिमा सहभागि हुने अवसर समेत प्राप्त गर्नेछन ।
