पहिलो पटक “स्पिकर अफ चामुण्डाविन्द्रासैनी–२०८०” हुने
दैलेख । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा पहिलो पटक “स्पिकर अफ चामुण्डाविन्द्रासैनी–२०८०” हुने भएको छ ।


विन्द्रासैनी युवा क्लवको आयोजनामा पहिलो पटक “स्पिकर अफ चामुण्डाविन्द्रासैनी–२०८०” हुन लागेको हो ।
फागुन ६ गते देखि विन्द्रासैनी खेल मैदानमा पहिलो पटक “स्पिकर अफ चामुण्डाविन्द्रासैनी–२०८०” हुन गैरहेको कार्यक्रम ब्याबस्थापक पृथ्वी विक्रम शाही ले जानकारी दिए ।
युवाहरुलाई लक्षित गरेर “समाज रुपान्तरणमा युवा तथा विद्यार्थीको भुमिका”शिर्षकमा “स्पिकर अफ चामुण्डाविन्द्रासैनी–२०८०” हुने छ ।
यस प्रतियोगितामाबाट प्रथम हुनेले १० हजार रुपैयाँ नगद ट्रफि,मेडल र प्रमाणपत्र, द्धितिय हुनेले ७ हजार रुपैयाँ नगद ट्रफि,मेडल र प्रमाणपत्र, तृतिय हुनेले ५ हजार रुपैयाँ नगद ट्रफि,मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार उक्त प्रतियोगितामा भाग लिन इछुकले फागुन ६ गते सम्म २५० रुपैयाँ सहित नाम दर्ता गर्नेपर्ने छ ।
