राष्ट्रिय भूमि आयोगद्वारा ठाटिकाँध गाउँपालिकामा निस्सा वितरण
दैलेख । राष्ट्रिय भूमि आयोग जिल्ला समिति दैलेखले ठाटिकाँध गाउँपालिकाको वडा नं १,५,र ६ मा भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ । आज शुक्रबार ठाटिकाँध गाउँपालिकाका अध्यक्ष रक्ष बहादुर शाह र वडा अध्यक्ष र कार्यपालिका सद्सयहरूकाे उपस्थितिमा आयोग जिल्ला समिति दैलेखले १,५र ६ भूमिहीन परिवारलाई निस्सा वितरण गरेको हो काेहि कसैकाे फर्म भर्न छुटेकाे भए अझै पनि भर्न सकिने आज निस्सा नआएका व्यक्तिहरुलाई अर्काे पटक निस्सा बितरण गरिनेछ राष्ट्रिय भुमि आयाेग बिग्य सदस्य बखत कटुवालले बताए ।






भूमि आयोग जिल्ला समिति दैलेखका अध्यक्ष श्री नयाँराम थापाका अनुसार ठाटिकाँध गाउँपालिकामा अव्यबस्थित बसाेबासिहरु लाई निस्सा वितरण गरिएको हो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति दैलेखले यसअघि दैलेख जिल्लाका अन्य पालिकाहरुमा निस्सा बितरण गरेका थिय ।





“हामीले आवश्यक प्रक्रिया सम्पन्न गरि दुल्लु, चामुण्डा बिन्द्रासैनि, नारायण नगरपालिका तथा भैरबि , गुरास गाउँपालिकामा निस्सा वितरण गरेका छौँ । निस्सा उपलब्ध भएपछि पुर्जा वितरणका लागि आधा काम भएको मानिन्छ”, अध्यक्ष थापाले भने ।


त्यस अवसरमा ठाटिकाँध गाउँपालिकाका अध्यक्ष रक्ष बहादुर शाहले केही समयभित्र गाउँपालिकाका सबै वडामा निस्सा वितरणको काम सम्पन्न गर्ने बताए।
“आज यस गाउँपालिकाको वडा नं १,५ र ६ मा निस्सा वितरणको काम सम्पन्न भएको छ, भूमि आयोगसँगको समन्वयमा हामी केही महिनाभित्र गाउँपालिकाका सबै वडामा निस्सा वितरणको काम सम्पन्न गर्छौं । काम द्रुत गतिमा अगाडि बढ्छ, सम्भव भएसम्म आ ब २०८०/२०८१ भित्रै पुर्जा वितरणको कामलाई अगाडि बढाउने छौँ”, अध्यक्ष शाहले भने ।
