ठाँटीकाँध गाउँपालिका दैलेखको १४औँ गाउँसभा सम्पन्न
दैलेख । ठाँटिकाँध गाउँपालिकाको हिउँदे अधिवेसनको रुपमा रहेको १४औँ गाउँसभा आज देखि सुरु भएको छ । १३औँ गाउँसभाबाट पारित बजेट र कार्यक्रममाथी वृहत छलफल गर्दै सिमित र आवश्यकताका आधारमा १३औँ गाउँसभाबाट विनियाेजित बजेट १४औँ गाउँसभामा उपाध्यक्ष देबिराम बडुवालले संसाेधन प्रस्ताब पेश गरेका थिए । गाउँसभाको अवसरमा गाउँसभा सदस्यहरुले उक्त प्रस्ताब माथि छलफल गर्दै उक्त प्रस्ताब सभाबाट स्वीकत भएकाे छ साथै छलफलमा आगामि रणनिति र कार्यनितिमाथी बिचार राख्दै सामुहिक छलफल र सहकार्यबाट अघि बढ्नुपर्ने धारणा राखेका छन ।
गाउँसभाले स्वास्थ्य र शिक्षा क्षेत्रका अधुरा कामहरुलाई पुर्णता दिने र वजेट अभावका कारण केही याेजना कटाउनु पर्ने उदेश्यका साथ बजेट संशोधन गरिएको गाउँपालिका अध्यक्ष रक्ष बहादुर शाहको भनाई रहेको थियो ।
यसैगरि गाउँपालिका उपाध्यक्ष देविराम बडुवालले १३औँ गाउँसभाबाट विनियोजित रकमलाई प्राथमिकतामा राखेर ठुला र वृहत योजनालाई अगाडी बढाएको र गाउँपालिका भित्र विकासनिर्माणका कार्यहरु अगाडी बढिरहेको बताउनुभयो ।
गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत नेत्र बहादुर थापाले संघियस सरकारले बजेट कटौति गरेर पठाएकोले विकास निर्माणमा चुनौति थपिएको बताउदै कृषि र शिक्षामा विशेष ध्यान दिएर सिमित बजेट संसोधन गरिएको जानकारी गराउनुभयो ।
