कर्णाली प्रदेश स्तरिय १४ औं रास्ट्रपति रनिङसिल्ड प्रतियोगिता उद्घाटन
सुर्खेत । वीरेन्द्रनगरमा कर्णाली प्रदेश स्तरिय १४ औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद विकास परिषदको आयोजनामा गरिएको उक्त प्रतियोगिताको मुख्यमन्त्री राजकुमार शर्माले एक कार्यक्रमकाबिच उद्घाटन गरेका हुन् । प्रतियोगितामा प्रदेशका १० वटा जिल्ला हरू सहभागी बनेका छन् ।






सहभागी जिल्लाहरु मध्य जिल्ला खेलकुद बिकास समितिकाे सिफारिसमा प्रत्येक जिल्लाकाे एक स्थानिय तहलाई सम्मान गरेकाे थियाे सम्मान हुने पालिकाहरुमा दैलेखकाे ठाटीकाँध गाउँपालिका, सुर्खेतको चौकुने गाउँपालिका, रुकुम पश्चिमको सानोभेरी गाउँपालिका, जुम्लाको तातोपानी, कालिकोटको तिलागुफा गाउँपालिका, जाजरकोटको छेडागाड नगरपालिका, हुम्लाको खार्पुनाथ गाउँपालिका, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका, मुगुको सोरु र सल्यानको कपुरकोट गाउँपालिका रहेका छन् ।


जिल्ला खेलकुद बिकास समितिकाे सिफारिसमा भई उद्घाटन समाराेहमा सहभागी भएका पालिकाका प्रमुखहरूलाई परिषद्ले भलिबलको माला लगाई सम्मान गरेको छ । सहभागी जिल्लाहरु विभिन्न झाकिहरु सहित सहभागी भएका थिए ।
