पहिलो पटक कालिकोटमा ट्राफिक सचेतनाका कार्यक्रम सुरु

सुर्खेत । कर्णाली प्रदेशको कालिकोट जिल्लामा पहिलो पटक ट्राफिक सचेतनाका कार्यक्रम सुरु भएको हो ।
जिल्लामा सवारी साधनको आवतजावत हुँदै आएको भएपनि सडक सुरक्षा र ट्राफिक नियम सम्बन्धि सचेतना भने पहिलो पटक भएको देखिन्छ । कर्णाली राजमार्ग अन्तर्गत बिशेष गरि साविकका कर्णाली अंचल र सुदुरपश्चिमका केही जिल्लामा पनि सवारी आवतजावतका लागि कालिकोट लाई मध्यविन्दु मानिन्छ ।
सवारीसाधन आवतजावत मा वृद्धि हुनु र सवारी चाप बढ्दै जाँदा सडक सुरक्षा र ट्राफिक नियमको पालना र सचेतनाले उत्तिकै महत्त्वपूर्ण भुमिका खेल्दछ । कार्यालयको निर्देश र स्वयं ब्यक्तिको गतिशीलताले सकारात्मक परिवर्तन सम्भब छ भन्ने पुष्टि गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटका प्रमुख सहायक प्रहरी निरीक्षक टोप बहादुर महताराको कमान्डले गरेको हो ।
जिल्लाका सबै स्थानिय तहमा सडक सुरक्षा र ट्राफिक नियमको पालना सम्बन्धि सचेताना कार्यक्रमको निरन्तरता दिने कार्यालय प्रमुख महताराले जानकारी दिनुभएको हो ।