सुर्खेत जिप दुर्घटना – मृत्यु हुनेको सङ्ख्या चार पुग्यो, दुई जना घाईते

सुर्खेत । सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिक दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । बिहिबार विहान भे १ च २५६० नम्बरको बोलेरो जीप उक्त सडकखण्डमा दुर्घटनामा परेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार जिप सडकबाट ३ सय मिटर तल खसेको थियो । जिपमा ६ जना सवार रहेको थिए । ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक राजन पौडेलले चार जनाको शव उद्धार गरेर सडकमा ल्याइएको जानकारी दिए ।
घाईते हुने दुई जनाको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीको एउटा टोली उद्धारका लागि परिचालन गरिएको थियो । ।